अख्तियारका पूर्व आयुक्त पाठक र लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद
२८ पुस,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ ।
पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो । ‘उहाँलाई र अर्का प्रतिवादी लम्बोदर न्यौपानेलाई पनि उति नै सजाय र जनही ३९ लाख जरिवाना भराउने फैसला भएको हो । उहाँलाई भ्रष्टाचार त होइन, उद्योग गरेको भनेर पुष्टि भएको हो,’ ती अधिकारीले सुनाए ।
पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।
तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइ दिने भनी ७८ लाख रुपैयाँ घूस लिएको अभियोग उनीमाथि थियो ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply