मिसन ग्रासरुट : कार्यकर्ता भन्छन्, ‘चुनावका बेला मात्रै नआउनू’
‘चुनाव आयो भन्या मात्तै नआउनू । यसैगरी, आउनाइरह्या पार्टी बलियो हुँदो छ । हाम्मा दुःख तमी सुनौला, तम्मा कुणा हामी सुनौँला ।’
माथिको सुझाव मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नागरपालिका-६, छिनामा पुग्दा नेकपा (एमाले) का नेताहरुलाई स्थानीय लालकोरा सुवणर्कारले दिएकी हुन् । चुनावका बेला मात्रै नेता-कार्यकर्ताहरु गाउँघरमा आउने रोग नै लागेको बताउँदै कार्यकर्ताहरुले यसपटक चाहिँ एमालेले चुनाव नभएका बेला पनि मिसन ग्रासरुट अभियान ल्याएर गाउँघरमा आएकोमा खुसी व्यक्त गरे ।
सोमबार विहान आयोजित वडास्तरीय कार्यक्रममा जम्मा भएका वडाका कार्यकर्ताले जिल्ला र प्रदेशका नेताहरुलाई फोन गरेको बेला उठाउन, सुख-दुःखमा साथ दिन, बेलाबेलामा गाउँघरमा छिर्न र कमिटीका बैठकहरु नियमित बसाउन सुझाव दिए । ‘हिजो हामी कोही कता भयौँ, कोही कता भयौँ । पार्टी विभाजन भयो । हामी पनि विभाजित भयौँ । अब सबैको होस खुलेको छ । आत्मालोचना गरौँ र पार्टीलाई फेरि बलियो बनाउने गरी अघि बढौँ’, वडा नम्बर ६ कै श्रीराम सुनारले सुझाव दिए ।
एमालेले अघि सारेका कार्यक्रमको जनतामा व्यापक प्रचार हुन नसकेकाले त्यसको लाभ विपक्षीले लिएको कार्यकर्ताहरुको अनुभव छ । ‘सधैभरि ०५१ सालमा बृद्धभत्ता ल्यायौँ, आफ्नो गाउँ आफैँ बनायौ्ँ भनेर मात्र भएन‘, रतन रोकायले सुझाव दिए, ‘त्यसपछि हामीले ल्याएका नयाँ-नयाँ कार्यक्रमहरुका बारेमा जनतालाई बुझाउनुपर्यो ।’
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधिका रुपमा जुम्लामा खटिनुभएका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यकर्ताका यस्तै गुनासा सुन्न र अन्तक्र्रिया गर्न पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उल्लेख गरे । उनले भने, ‘हामीसँग चामल छ, हामीले विक्री गर्न सकिरहेका छैनौ्ँ । अरुले होहल्ला गरेर पिठो बेचिरहेका छन् ।’ उनले कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्दै भने, ‘कार्यकर्ता पंक्ति बलियो भए मात्र पार्टी बलियो हुने भएकाले तपाईंहरु गाउँगाउँमा खट्नुपर्छ । हामी त्यही काममा उत्प्रेरित गर्नका लागि आएका छौँ ।’
गरिब, दुर्गम, दलित र पिछडिएकाहरुका लागि नेकपा (एमाले) सहाराका रुपमा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘एकातिर दूरदराजका गाउँवस्तीका समस्या समधान गर्नका लागि बाटोघटो, पुलपुलेसा, बत्ती, विद्यालय, कुलो जस्ना काममा ध्यान केन्द्रित गर्नुछ भने अर्कातिर मुलुकलाई विकसित बनाउन ठूल्ठूला परियोजनाहरु अघि नबढाई सुखै छैन । त्यही भएर हाम्रा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अघि ल्याएका हौँ । हामीलाई घेराबन्दी गरेर सरकारमा जानबाट रोके पनि जनताको बलमा हामी सरकारमा जानेछौँ र यसलाई सफल पारेरै छाड्नेछौँ ।’
वडा कमिटीका अध्यक्ष साजन सुवणर्कारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष शान्तिलाल महले पनि बोलेका थिए भने सञ्चालन अनेरास्ववियुका केन्द्रीय सदस्य पदम सुवणर्कारले गरेका थिए ।
कार्यक्रममा कणर्ाली प्रदेश कमिटीका सचिवालय सदस्यद्वय धीरेन्द्रराज गिरी र गोर्ख पछाई, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, प्रदेश प्रतिनिधि भीम थापा, जिल्ला कमिटी सदस्यहरु कमल महत, रामबहादुर रावत, दानबहादुर रावलगायतको उपस्थिति थियो ।
वडाभित्रका सदस्यहरुको नवीकरण र नयाँ सदस्यता विस्तारका लागि कार्ययोजना पारित गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply