बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु
१ चैत, काठमाडौँ । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएर लागु गरेका छन् । नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो ।
अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।
कसले कति घटाए ?
वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् । चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने छन् । फागुनमा ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म रहेको थियो ।
यस्तै विकास बैंकहरुले बचतको ब्याजदर शून्य दशलव १५ प्रतिशतले घटाएका छन् । विकास बैंकले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गरेका छन् । फागुनमा विकास बैंकहरुले १ वर्ष वा त्योभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्समा १२ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् । फागुनमा संस्थागतर्फ ९ दशमलव ७५ र रेमिट्यान्समा १२ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका थिए ।
यस्तै फाइनान्स कम्पनीहरुले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशतले घटाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply