१ चैत्र २०७९, बुधबार १३:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
‘डीडीसी’ ले दूधको मूल्य लिटरमै ११ रुपैयाँ बढायो
१ चैत, काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले भोलि देखि लागु हुने गरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उनले बताए । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उनको भनाइ छ ।
योसँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ । यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply