निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय
२९ चैत, काठमाडौं । बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । संस्थागततर्फका निक्षेपकर्ताले भने ७.९९ ब्याजदर पाउने छन् ।
बैंकहरूले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिँदै आएका थिए । डेढ वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राखेका हुन् । संघले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेको हो ।
व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ ।
बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ । बैंकहरूले बचत खातामा भने ५.४२ प्रतिशतदेखि ७.४२ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply