निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय
२९ चैत, काठमाडौं । बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । संस्थागततर्फका निक्षेपकर्ताले भने ७.९९ ब्याजदर पाउने छन् ।
बैंकहरूले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिँदै आएका थिए । डेढ वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राखेका हुन् । संघले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेको हो ।
व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ ।
बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ । बैंकहरूले बचत खातामा भने ५.४२ प्रतिशतदेखि ७.४२ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply