मौद्रिक नीति समीक्षा : व्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
२९ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकको व्याजदर १ प्रतिशत विन्दुले घटाएको छ । यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ । सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ ।
हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यो सुविधालाई राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिएको छ ।
फलस्वरुप अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, वाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई दृष्टिगत गर्दा राष्ट्र बैंकले आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने दाबी पनि गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply