काठमाडौँमा तत्काल पर्यटक बसपार्क निर्माण गर्न सांसद भट्टराईको माग
१० जेठ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले काठमाडौँमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
काठमाडौँमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन् । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन्’ उनले भनिन्, त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिस्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।
सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौँमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारिन् ।
सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौँमा आजसम्म टुरिस्ट बसपार्क स्थापना हुन सकेको छैन’ उनले भनिन्, ‘व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन् । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ ।सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यसअनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
सम्बन्धित समाचार
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
Leave a Reply