जोगिनलाई डोलिन्द्रको दौडधुप
काठमाडौं । अख्तियार, लेखा समिति र शिक्षा मन्त्रालयले एकैपटक छानबिनको घेरामा तानेका साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको छटपटी झनै बढ्न पुगेको छ । अचेल उनी बिहान साझामा पुग्छन् र ‘अख्तियारमा जानु छ, लेखामा जानु छ’ भनेर लगत्तै निस्कने गरेका छन् ।
गत बिहीबार उनी साढे ११ बजे साझाको केन्द्रीय कार्यालय पुल्चोक पुगेका थिए र १० मिनेटजति बसेर निस्किएका थिए । शुक्रबार भने साढे १० तिर पुगे र लगत्तै निस्किए । आइतबार पनि साढे ११ बजे पुगेर ३ बजे आउँछु भन्दै निस्किए । तर उनी ३ बजे फर्किएनन् । बिहान सबेरै साझामा पुगेर बाहिर निस्किने गरेका अध्यक्ष शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘कुरा मिलाउन’ अहिले सबै समय त्यतैतिर लगाएको बताइन्छ ।
शिक्षा मन्त्रालयको तीन सदस्यीय छानबिन समितिले लगेको साझाको कागजपत्रहरू फिर्ता गरेपछि अहिले सोही कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेर छानबिन गरिरहेको छ । तर शिक्षा मन्त्रालयले बनाएको छानबिन समितिले भने शिक्षामन्त्री गोपालमान श्रेष्ठसमक्ष प्रतिवेदन बुझाइसकेको छ । समितिले आइतबार प्रतिवेदन बुझाएको हो । तर सोमबार सरकारी कार्यालय बिदा भएको हुँदा प्रतिवेदनमाथि मंगलबारदेखि अध्ययन गरेर आवश्यक कारबाही अगाडि बढाइने अपेक्षा गरिएको छ । अख्तियारले पनि आफ्नै हिसाबले छानबिन गरिरहेको बताइन्छ । यसैगरी व्यवस्थापिका–संसद्का लेखा समितिले साझाका अध्यक्ष शर्मालाई गएको साउन २० गते नै पाँच दिनभित्र पाँच वर्षको आयव्यय विवरण बुझाउन निर्देशन दिएको थियो । उनी त्यही आयव्यय विवरण बुझाउनकै निम्ति लेखा समितिमा धाइरहेको बताइन्छ ।
साझाको रकममा जापान जाने अध्यक्ष शर्मा र मनोनीत सञ्चालकहरूको सपना भने तुहिन पुगेको छ । जापानमा हुने एक साहित्यिक कार्यक्रममा भाग लिन अध्यक्ष शर्मा, सञ्चालकहरू दीनानाथ शर्मा, प्रदीप नेपाल, अध्यक्ष शर्माका पीए सविता केसी र ‘नागरिक’ दैनिकमा कार्यरत रुबी रौनियार जाने टुंगो लागेको थियो । तर लेखा समितिका सांसद्हरूले र मिडियाले समेत ऋण र घाटामा चलिरहेको साझाको रकम खर्च गरेर जापान जाने कुराको विरोध गरेपछि उनीहरूको जापान भ्रमण रोकिन पुगेको हो । तर उनीहरूकै टिमका रहेका राधेश्याम लेकाली र सुरेन्द्र अस्तफल भने जापान गएका छन् ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply