आर्थिक लाभका निम्ति व्यापक सरुवा
काठमाडौं । मन्त्री र सचिवको मिलेमतोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारीहरूको व्यापक रूपमा सरुवा भएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई आर्थिक प्रलोभनमा पारेर सचिव दिनेशकुमार थपलियाले कर्मचारीहरूसँग आर्थिक मोलमोलाइ गरी व्यापक रूपमा सरुवा गरिएको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि सो मन्त्रालयबाट आफ्नो अन्यत्रै सरुवा हुने संकेत पाएपछि सचिव थपलियाले कर्मचारीहरूको सरुवा गर्न रुचि देखाएको बताइन्छ । सचिव थपलियाले कर्मचारीहरूसँग आर्थिक लेनदेन नै गरेर सरुवा गरिएको सूत्रको दाबी छ । सचिव थपलियाले दरबन्दी नभएकै ठाउँमा समेत रकम लिएर काजसरुवा गरेको समेत पाइएको छ ।
सरुवा हुनेहरूमा तत्कालीन मन्त्री कमल थापाका स्वकीय सचिव हीरालाल रेग्मीलाई मन्त्रालयकै आकर्षक विभाग स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मा सरुवा गरिएको छ । डोलिडारमा कार्यरत राजेन्द्र केसीलाई भने मन्त्रालयमा सरुवा गरिएको छ । सचिव थपलियाले रेग्मीसँग आर्थिक लेनदेन गरेर नै डोलिडारमा सरुवा गरेको बुझिएको छ ।
यसैगरी सरुवा हुनेहरूमा सागर मिश्रलाई जिल्ला समन्वय समिति डोल्पाबाट इटहरी उपमहागरपालिका, टीकादत्त राईलाई इटहरी उपमहानगरपालिकाबाट मन्त्रालय, प्रदीपराज अधिकारीलाई कालिकोटबाट गोरखा नगरपालिका, जीवन आले मगरलाई गोरखा नगरपालिकाबाट तनहुँको आँबुखैरेनी गाउँपालिका, दुर्गा थापालाई आँबुखैरेनी गाउँपालिकाबाट मन्त्रालयमा सरुवा गरिएको छ । रेइमन्ड थापा मगरलाई डोटीको जोरायल गाउँपालिकाबाट काभ्रेको महाभारत गाउँपालिका, पीताम्बर रिमाललाई रौतहटको गढीमाई नगरपालिकाबाट पर्वतको महाशिला गाउँपालिका, विष्णुमाया ढकाललाई महाशिला गापाबाट मन्त्रालय, रेखराज दाहाललाई मन्त्रालयबाट झापाको केचनाकवल गापा र गंगादेवी न्यौपानेलाई केचनाकवल गापाबाट डोलिडारमा काजसरुवा गरिएको छ ।
यसरी नै रवीन अधिकारीलाई जिसस पर्वतबाट पाटन नगरपालिका बैतडी, दशरथ वडलाई पाटन नपाबाट महोत्तरी जिसस, देवी चालिसेलाई डुंगेश्वर नपा दैलेखबाट मन्त्रालय, ढोलकराज ढकाललाई मन्त्रालयबाट मण्डन देउपुर नपा काभ्रे, लक्ष्मीकुमारी पन्तलाई कैलाली जिससबाट काठमाडौं महानगरपालिका, प्रमोद तिमिल्सिनालाई रामारोशन नपाबाट अछामबाट सुनकोसी नपा सिन्धुपाल्चोक, भक्तबहादुर राईलाई नेचासल्यान गापा सोलुखुम्बुबाट सुनकोसी गापा उदयपुर, युवराज आचार्यलाई रतुवामाई नपा मोरङबाट मेन्छयायम गापा तेह्रथुम, रेणु थपलियालाई सैलुङ गापा दोलखाबाट मन्त्रालय र प्रमोद सिम्खडा मन्त्रालयबाट शंकरापुर नपा काठमाडौंमा काजसरुवा गरिएको छ । केही दिनयता मात्रै मन्त्रालयले करिब सय जनाको हाराहारीमा कर्मचारीको काजसरुवा गरेको छ ।
यसैगरी, सचिव थपलियाले डोलिडारलाई खारेज नगर्न लबिङ गर्न उक्त विभागमा कार्यरत करिब २ सय ६७ जना इन्जिनियरहरूबाट रकम उठाएर मन्त्री गच्छदारलाई बुझाएको चर्चा अहिले सो मन्त्रालयभरि चलेको छ । ती इन्जिनियरहरूबाट सचिव थपलियाले करिब ६० लाख उठाएर मन्त्रीको मुख टालिदिएको सूत्रको दाबी छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply