समाजवादउन्मुख नीति तथा कार्यक्रमको तयारीमा सरकार
काठमाडौं । सरकारले समाजवादउन्मुख नीति तथा कार्यक्रमको तयारी सुरु गरेको छ । संसदको बजेट अधिवेशन सुरु भएलगत्तै सरकारले समाजवादउन्मुख नीति तथा कार्यक्रम बनाउने गृहकार्य सुरु गरेको हो । संविधानले आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादउन्मुख देशको परिकल्पना गरेअनुसार नीति तथा कार्यक्रमको खाका बनिरहेको बताइएको छ ।
नीति तथा कार्यक्रम तयारीकै क्रममा प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर परामर्श लिएका छन् । छलफलमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित एमाले नेताहरू सहभागी थिए ।
पूर्वप्रधानमन्त्रीहरूले संघीयता कार्यान्वयनमा सहयोग पु¥याउने, राष्ट्रिय गौरवका ठूला आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी नीति तथा कार्यक्रम केन्द्रित गर्न सुझाव दिएका छन् । एमाले उपाध्यक्ष गौतमका अनुसार सरकारले वित्तीय अनुशासन कायम हुने, बजेट कार्यान्वयन हुने गरी सुशासन स्थापना केन्द्रित गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ । ‘हामीले समाजवादको लक्ष्य पूरा गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छौं,’ गौतमले भने, ‘त्यसअनुसार सरकारले नीति तथा कार्यक्रमको गृहकार्य अघि बढाएको छ ।
नीति तथा कार्यक्रमसँगै सरकारले बजेट निर्माणको काम पनि अघि बढाइरहेको छ । आगामी १ जेठमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्नेछिन् । संविधानमा व्यवस्था भएअनुसार आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट १५ जेठमा ल्याउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply