ढुकुटीको पैसा असुल्न लज्जास्पद धम्की
काठमाडौं । ४ नम्मर प्रदेश प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुवरकी श्रीमती सीता प्रसाईं कुँवर संलग्न ढुकुटीको खेलको जालो भयानक भएको थप तथ्य पत्ता लागेको छ । गत हप्ता बुधबार साप्ताहिकले ‘प्रदेश प्रमुख पत्नीकै संरक्षणमा ढुकुटी धन्दा’ शीर्षकमा प्रकाशित गरेको समाचार प्रकाशनपछि विभिन्न पक्षबाट तीव्र प्रतिक्रियाहरू आइरहँदा राज्यद्वारा प्रतिबन्ध लगाइएको ढुकुटी खेलको जालोमा प्रसाईंलगायत धेरै फसेको पाइएको छ । त्यति मात्र होइन, उक्त धन्दामा राज्यको जिम्मेवार निकायमा रहेका उनका श्रीमान् बाबुराम कुँवर कतिसम्म निकृष्ट भएर श्रीमतीको धन्दालाई सघाउँथे भन्ने थप प्रमाणसमेत बुधबारले फेला पारेको छ ।
बुधबारसँग सुरक्षित एक अडियो संवादमा उनका श्रीमान् बाबुराम एक महिलालाई रकम उठाउन थर्काएको र ‘सर्वनाश गरिदिने’ धम्की दिएका छन् । पीडित महिलाले विनम्रतापूर्वक (रुँदै) ‘ज्वाइँसाप, हजुर’ भनेर सम्बोधन गरिहँदा कुँवरले भने ‘तँ’ मात्र भनेका छैनन्, अत्यन्त निकृष्ट शब्दहरू प्रयोग गरेर धम्काएका छन् । सोही संवादमा ती महिलाले कुँवरसमक्ष उनकी पत्नी प्रसाईंले आफ्नो घरको टेलिभिजन लात्ताले हानेर फुटाएकोसमेते बताएकी छन् । यता, उक्त समाचारको सीता प्रसाईंले खण्डन गरेकी छन् । प्रसाईंले यस साप्ताहिकविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले उजुरीमा पीडित भनिएका केही महिला आफूसँग कारोबारी रहेको र समयमा पैसा नदिएकाले ठगि मुद्दामा पक्राउ पुर्जी जारी रहेको तथा कोहीका भने मुद्दा विचाराधीन भएकोे बताएकी छन् । कुँवरले पठाएको खण्डनमा आफू ढुकुटी खेलमा संलग्न नरहेको कहीँकतै पनि दाबी गरिएको छैन भने एउटाले गरेको दोषको भागीदार परिवारका अर्को सदस्यलाई जोडेर लगाउन हुन्न पनि भनिएको छ ।
तर हामीसँग प्राप्त अडियोले उनका श्रीमान्समेत प्रत्यक्ष रूपमा लेनदेनमा संलग्न भएको स्पष्ट भएपछि नै उनको नाम राखिएको स्पष्ट पार्दछौं । एक महिला जसको घरबार हडपेर सडकमा पु¥याइयो र उनी अहिले विदेश पलाएन भएकी छन्, उनलाई हदै सम्मको बेइज्जतीपूर्ण शब्दहरू प्रयोग गरी घटिया शव्दले गाली गरेको सुनिन्छ । सार्वजनिक जीवन भएका व्यत्तिको हरेक गतिविधी नितान्त निजी हुँदैन र शक्तिको दुरूपयोग कसैमाथी पर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । अचम्मको कुरा त प्रेस काउन्सिलमा बुझाएको उजुरीमा प्रसाईंले ‘संवाददाता, सम्पादक र प्रकाशन गृहले बुझ्दै नबुझी एकतर्फी रूपमा सुनियोजित तरिकाले समाचार प्रकाशन गरी गैरकानुनी र अनुचित लाभ लिन खोजेको देखिन्छ भन्ने शब्द प्रयोग गरेको पाइन्छ ।’ हामी सो निराधार आरोपको चुनौती दिँदै कहाँ, कहिले, कसरी, कुन संवादमार्फत हाम्रो प्रतिनिधिले त्यस्तो ग¥यो, सोको स्पष्ट खुलाउन माग गर्छौं । अन्यथा, उनले विभिन्न व्यक्तिलाई लेनदेनको चेकमार्फत सापटी दिएको, कागज गराएको, लिनु बाँकी भनिएको सयौं थान चेकहरूको फोटोकपी बोकेर हिँडेकी उनको सम्पतीको स्रोत के को, २०७० सालयता उनको खातामा कहाँ–काहाँबाट कसकसले पैसा हालेका छन्, कति रकम झिकिएको छ, स्पष्ट पार्दा सम्पती शुद्धिकरण नहुने देखिन्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply