टुहुरा बालबालिकालाई क्यानडाबाट सहयोग
काठमाडौं । राजधानी काठमाडौंको मुटु डल्लुमा रहेको श्री आनाश्रित बालबालिका उत्थान केन्द्रलाई समाजसेवी कर्णबहादुर विक परिवारले सहयोग गरेको छ ।
गत शनिबार डल्लुस्थित केन्द्रमा नै आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विक परिवारले सहयोग गरेका हुन् । सफल व्यवसायी तथा समाजसेवी कर्ण विक सुन व्यवसायका साथै सहकारीमा समेत आबद्ध छन् । उनले विगत एक वर्षदेखि उक्त संस्थालाई निरन्तर सहयोग गर्दै आएकामा अब दोस्रो वर्षमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
हाल क्यानडा निवासी स्वयं कर्ण विकका दाइको छोरा रनेश विश्वकर्माले पनि सो केन्द्रलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले जानकारी दिए । विक परिवारले गतहप्ता पाँच हजार नगदसहित संस्थालाई खाद्यान्न सहयोग गरेको बताइएको छ । आगामी दिन संस्थामा आश्रित एक दर्जन बालबालिकामध्ये एक जनालाई नियमित पठन पाठन र खानाको प्रवन्धका लागि सहयोग गर्दै आफूहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समाजसेवी विक परिवारलाई संस्थाका अध्यक्ष कृष्ण शिवाकोटी र कोषाध्यक्ष उर्मिला शिवाकोटीले खादा लगाएर सम्मानसमेत गरेका थिए । उक्त संस्थाले केही वर्षदेखि विभिन्न दुर्गम स्थानका आमा बाबु गुमाएका टुहुरा बालबालिका ल्याएर पालन पोषण र शिक्षा दिलाउने काम गर्दै समाजमा नमुना संस्थाको पहिचान बनाउन सफल भएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply