नेकपा कार्यकर्ताको यो हालत
मकवानपुर । केन्द्र, प्रदेश र स्थानीय तहसम्मै एकछत्र सरकार भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकी एक कार्यकर्ता जीवन–मरणको दोसाँधमा परेकी छन् ।
भरतपुरस्थित बीपी क्यान्सर अस्पतालमा उपचाररत ती नेकपा कार्यकर्ता स्वयं हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीकी वडा कार्यपालिका सदस्य हुन् । ३९ वर्षीया रूपा लामा तत्कालीन नेकपा एमालेको नगर इलाका कमिटीकी उपसचिव तथा अहिले वडा सदस्य हुन् । उनलाई विगत केही वर्षदेखि क्यान्सर रोगले सताएको रहेछ । केही वर्षयता मात्र सो व्यथाको पहिचान भएपछि उनको दुवै स्तन काटेर फालिएको छ । तर पनि सो समस्या निराकरण हुनुको सट्टा झनै बढी गाँजेर अहिले टाउकोमा सरेको बताइन्छ । भरतपुर अस्पतालमा लामो समयदेखि उपाचार गरिरहेकी उनलाई चिकित्सकहरूले समस्या जटिल हुँदै गइरहेको बताएका छन् । अहिलेसम्म उपचारको क्रममा ३० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको परिवारले जनाएको छ ।
दिल्लीस्थित राजिव गान्धी अस्पताल पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिए पनि खर्चको अभावमा उनको बाँकी उपचार हुन सकेको छैन । भएभरको सम्पत्ति सबै बेचेर अहिलेसम्म खर्च धानेकी रूपाको आम्दानीको कुनै स्रोत नभएको र बेच्न पनि कुनै सम्पत्ति नभएको अत्यन्त दर्दनाक अवस्था छ । दुईवटा छोरी अध्ययनरत रहेको र तिनीहरूलाई समेत पाल्ने अभिभारा बोकेकी आमाकै यस्तो अवस्था भएपछि छोरीहरूसमेत अत्यन्त ठूलो मानसिक चपेटामा परेका छन् ।
बल छउन्जेल त्यही पार्टीको काम भन्दै घर परिवार सबै छाडेर लगातार हिँडिरहने सामाजिक चरित्रकी रूपा आफू जीवन मरणको दोसाँधमा परेर अस्पताल भर्ना हुँदा भने पार्टीका नेताहरूले वास्ता नगरेकोमा साह्रै चिन्तित छिन् ।
उनीसँग एउटै नगर कार्यपालिकामा काम गर्ने हेटौंडा उपमहानगरपलिकाका मेयर हरिबोल महत, पूर्वमेयर तथा हालका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद तथा पार्टी नेताहरू विरोध खतिवडा, कृष्ण दाहाल, प्रदेश सांसदहरूलगायत कसैले पनि आफ्नो स्वास्थ्यबारे चासो नलिएकोमा उनी गहभरि आँसु लिएर रुन्छिन् । सामान्य रुघाखोकी लाग्दा पनि राज्यकोषबाट दोहन गरेर नेताहरू उपचारका क्रममा विदेशकै महँगा अस्पतालहरू पुग्ने गरेको पाइन्छ ।
तर एउटा इमानदार पार्टी कार्यकर्तालाई भारतसम्म लगेर बाँकी उपचार गरी जीवन बचाउने कार्यमा पार्टीले ध्यान नदिँदा भने आफ्नो मन साह्रै रोएको उनको भनाइ छ । रूपा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा मकवानपुरका अध्यक्षसमेत हुन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply