किन घट्यो टेलिकमको मुनाफा ?
काठमाडौं । नेपाल टेलिकमको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरणबापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम रु. २० अर्बमध्ये पहिलो किस्ताको रु. ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहं भूमिका रहेको छ ।
त्यसैगरी इन्टरनेट प्रविधिमा आधारित ओटीटी (जस्तै ः भाइबर, ह्वाट्स एप, मेसेन्जर आदि) सेवाहरूको व्यापक प्रयोगका कारण संसारभरका दूरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइसतर्फको आम्दानीमा नकारात्मक असर परेको टेलिकमकी प्रवक्ता प्रतिमा वैधले विज्ञप्तिमार्फत जनाएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक हो । यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरूले जस्तै डाटा सेवा, भ्यालु एडेड सेवा तथा अन्य नवीन सेवाहरूको विकास र विस्तारमार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्नेतर्फ कम्पनी निरन्तर प्रयासरत छ र आगामी दिनहरूमा सो प्रयासलाई अझ तीव्र बनाइनेछ । उक्त प्रयासहरूको फलस्वरूप भविष्यमा सो कमीलाई पूर्ति गर्दै परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइसतर्फको राजस्वमा निर्भरता कम गर्दै लगिनेछ ।’
अनुमतिपत्र नवीकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करिब ४ अर्ब रुपैयाँले बढेको बताइएको छ । यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटीटीएच प्रविधिमा रूपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकाले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्नेछ । फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रमअनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भइसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको छ । निकट भविष्यमा देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजनाअनुरूप कार्यहरू अगाडि बढिरहेका छन् ।
विद्यमान परिस्थितिमा पनि नेपाल टेलिकमले आम्दानी र मुनाफा अभिवृद्धि गर्नेभन्दा आफ्ना देशभरका सेवाग्राही महानुभावहरूलाई सुपथ मूल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महŒव दिएको छ । विगतदेखि नै कम्पनीले आफ्ना सेवाहरू देशका अति विकट क्षेत्रहरूमा पनि समान दररेटमा उपलब्ध गराउँदै आएको छ । दुर्गम स्थानमा सेवा विस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने गर्दछ । तथापि, कम्पनीले सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पु¥याउन निरन्तर लगानी गर्दै आएको छ । यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको छैन ।
कम्पनीको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको छ । यसका अतिरिक्त ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको सुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धतिअनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए पनि सेवाको बिक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ । सोबाट पनि समग्र राजस्वमा केही असर परेको छ । कर बढ्दा पनि बिक्री मूल्य नबढाई कम्पनीले सुपथ मूल्यमा सेवा दिने आफ्नो प्रतिबद्धता पुनः प्रस्ट्याएको छ । कम्पनीले वित्तीय स्वास्थ्यलाई थप सुधार गर्न ताररहित तथा तारसहित सेवाहरूको आमूल रूपान्तरणसहितको विस्तार, नवीन भ्यालु एडेड सेवाहरू, रोमिङलगायत अन्तर्राष्ट्रिय सेवाहरूको आम्दानीमा सुधार, सेवाहरूको गुणस्तरमा सुधारलगायतका कार्यक्रमहरूमार्फत प्रतिग्राहक राजस्व वृद्धिसमेतका प्रयासहरू सुरु भइसकेका छन् । सोही प्रयासस्वरूप गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १ सय २१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको छ । यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरूमार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ । सोअनु सुलू आर्थिक वर्षभित्र करिब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ । आम्दानी वृद्धिका अतिरिक्त कम्पनीले हरेक वर्ष आफ्नो गैरसञ्चालन खर्च कटौती गर्दै लैजान पनि विभिन्न उपाय अवलम्बन गरेको छ ।
राजस्व वृद्धि तथा खर्च नियन्त्रणका सो प्रयासहरूमार्फत कम्पनीको समग्र आम्दानी वृद्धि गरी समग्र वित्तीय अवस्थालाई अझ उकास्न तथा लगानीकर्ताहरूको लगानीको प्रतिफल सुनिश्चित गर्दै हेल्थ मेक्सिमाइजेसन गर्न कम्पनी कटिबद्ध भई लागिपरेको छ । यसमा सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी एवं अन्य सरोकारवालाहरूबाट कम्पनीले निरन्तर प्राप्त गरेको विश्वास, सद्भाव तथा सहयोग कायम रहनेछ भन्ने विश्वास कम्पनी परिवारको रहेको छ ।
हाल कम्पनीका विभिन्न सेवामा गरी करिब २ करोड २६ लाखको ग्राहक आधार रहेको छ । दूरसञ्चार क्षेत्रका लगभग सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको यस कम्पनीले ती सेवाहरूको आधुनिकीकरण तथा अल्पकालीन एवं दीर्घकालीन विकास र विस्तारमा उल्लेख्य रूपमा काम गर्दै आएको छ । मोबाइलतर्फ फोरजी सेवा तथा तारसहित सेवातर्फ एफटीटीएच सेवाको विस्तारमा पनि कम्पनी प्राथमिकताका साथ काम गरिरहेको छ । कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा सो सेवाबाट वायरलेस सेवामा ग्राहक रूपान्तरण हुने क्रम बढेकाले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको छ । तारसहितको ब्रोडब्यान्ड सेवातर्फ एडीएसएल सेवाको रूपान्तरण गरी एफटीटीएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ । साथै नयाँ विस्तार हुने एफटीटीएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवं टेलिभिजन सेवा पनि आईपी प्रविधिमार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधीकरण तथा वृद्धि हुँदै जाने अपेक्षा टेलिकमकोे छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply