शुक्रबार ताप्लेजुङ साँझ
काठमाडौं । ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ पर्सि शुक्रबार हुने ‘ताप्लेजुङ साँझ’को तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको तयारी पूरा भएको केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । साँझमा ताप्लेजुङका कलाकारसहित अन्य चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।
ताप्लेजुङका कलाकर्मीहरूको हित, संरक्षण, प्रवद्र्धन र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको हो । सांगीतिक र सांस्कृतिक प्रवद्र्धनसँगै भ्रमण वर्ष–२०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको कार्यक्रममा दर्जन बढी कलाकारहरूको प्रस्तुति रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक उपस्थित हुने बताइएको छ । कार्यक्रम पर्सि शुक्रबार दिउँसो ३ बजेदेखि करिब तीन घण्टा चल्नेछ । कार्यक्रमको संयोजन केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले गरेका छन् भने संगीततर्फको संयोजन कलाकार माधव प्रधान र अशोक लोहरूङ राईले गर्नेछन् ।
कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू मनोज गजुरेल, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, बिना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहने जनाइएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply