खर्पुलाई च्याप्दा जापानमा विवाद
काठमाडौ । खर्पु शेर्पा जापान राजधानी टोकियोमा शेर्पा ग्रुप खोलेर बसेका छन् । जापानको विश्वविद्यालयमा समेत कार्यरत शेर्पा म्यानपावर अर्थात् मान्छे ओसारपसारमा पनि संलग्न हुने गरेको बताइन्छ । खर्पुले जापानमा आर्जित उनको हैसियतमा राजनीतिक नेताहरूलाई प्रभावमा पारी लाक्पा शेर्पाले जस्तै गरी नेपाली पर्यटक व्यापारमा हात हाल्न पुगेका छन् । उनकै कारण अहिले वायुसेवा निगमको जापान उडानको बेहाल भएको अनुमान बताइएको छ ।
जापानका ससाना संसद्को शक्तिसमेत देखाई खर्पुले पटकपटक राजनीतिक सम्बन्ध र सम्पर्कका आधारमा जनरल सेल्स एजेन्ट अर्थात् जिएसए आफ्नो हातमा पार्न खोजिरहेको थाहा भएको छ । स्वीकृति पाइसकेको ४ जुलाई २०१९ को जापान उडान स्थगित गरी निगमबाट हटिसकेका अध्यक्ष मदन खरेल र टंकनिधि दाहाल जुन महिनाको अन्तिमतिर जापान सिभिल एभिएसनको निमन्त्रणा भन्दै निगमकै खर्चमा जापान गएका थिए । सोही समयमा खरेल र टंकनिधि दाहाल खर्पुलाई जापानको नयाँ प्रतिनिधि दिएको बताएका थिए ।
खर्पु शेर्पाका साथ नारिता विमानस्थल र जापान सिभिल एभिएसन सो छलफलमा गएका थिए । अहिले नेपाल वायुसेवा निगम निकै अन्योलमा परेको छ । यसको लापरबाहीले गर्दा सबै ग्राहक पनि अन्योलमा परेका छन् । राम्ररी चलिरहेको ओसाका उडान बन्द गरी नारिता जाने भन्ने होहल्ला भएको र निगमले यसै फेबु्रअरी महिनापछि उडानको कुनै तालिका नै प्रकाशित गरेको छैन । निगमका कर्मचारीको मिलोमतोमा नेपालमा नारिताको टिकट सोसियल मिडियामार्फत बिक्रि गर्न केही ट्राभल एजेन्सीहरू पनि लागेको देखिएको छ ।
निगमको होमपेजमा पनि ‘यदि जापान सिभिल एभिएसनले नारिता उडानको स्वीकृति दिएन भने ट्राभल एजेन्सीहरूले आफ्नो ग्राहकको जिम्मा आफंैले लिने भनी सूचना जारी गरिएको छ । आफ्नो व्यक्तिगत स्वार्थमा लागेर नारिता उडान गर्नुपर्ने भनी एकचोटि पाएको जापानको स्वीकृति पनि अन्योलमा परेको छ । नेपाल वायुसेवा निगमले सन् १९९४ मा जापानको कान्साई विमानस्थलमा इतिहास बनाएको थियो । यस्तो कुरा बिर्सेर नारिता विमानस्थलको कुनै सम्भाव्यता अध्ययन नै नगरी उडान सुरु गर्ने योजना बनाएपछि घाटामा गएको निगम झनै घाटा हुने निश्चित भएको बताइन्छ । व्यापारिक दृष्टिबाट हेर्दा पनि १२ वर्षअघिसम्म जुन बेला जापानमा थोरै नेपाली भएको बेला पनि जापानको उडान कहिलै घाटामा उडेको इतिहास नभएको बताइन्छ । जापानका अरू विमानस्थलभन्दा ओसाकाको विमानस्थलको व्यापार धेरै बढेको र दिनहुँ बढ्दै गएको अवस्था थियो । अझै पनि धेरै देशका एयरलाइन्सले ओसाका उडानको अनुमति सजिलै पाउन सकेका छैनन् ।
निगमको ओसाका उडान सफल र फाइदाजनक बनाउन धेरै जापानी ट्राभल एजेन्सीहरू पनि लागिपरेका थिए । सबै जापानी ट्राभल एजेन्सीहरूको भनाइ टोकियोमा नेपालीहरूको बसोबास बढी होला तर नेपाल एयरलाइन्सलाई सफल र फाइदाजनक बनाउन जापानी ग्राहकको नै बढी आवश्यकता छ ।
जापानको उत्तर भागभन्दा जापानको दक्षिणी भागका जापानी नेपाल बढी मात्रामा भ्रमण गर्न रुचाउँछन् । ओसाका उडान सुरु हुने बेला निगमका माथिल्ला तहका कर्मचारी मदन खरेल, टंकनिधि दाहाल र अन्य मिली खर्पु शेर्पाको मिलोमतोमा ओसाकामा रहेको जापानको कालोसूचीमा पारेको एजेन्टलाई तोकिएको थियो ।
नेपाल एयरलाइन्सको प्रतिनिधित्व गरेको थाहा पाएपछि सबै जापानी ट्राभल एजेन्सीहरूले नेपाल एयरलाइन्सको टिकट बेच्न बन्दसमेत गरेका थिए । जसका कारण नेपाल एयरलाइन्सको ओसाका खाली उड्नुपरेको थियो । अहिले आएर त झन् ओसाका कि नारिता भनेर निगमको जापान उडान नै अन्योलमा परेको छ । नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतबाटै यसरी जापानी उडानका सम्बन्धमा निगम अनिर्णयको बन्दी बन्नुले भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्यलाई समेत क्षति पु¥याउने स्पष्ट छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply