प्रदेश सरकारद्वारा विपद्मा परेका स्थानीय तहलाई सहयोग
हेटौंडा । बाग्मती प्रदेश सरकारले बाढीपहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बाग्मती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आठवटा गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०÷२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्कट्टेलले जानकारी दिए । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव मानबहादुर बीकेलगायत सहभागी थिए ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply