काग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी
ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका भण्डारीको लामो समयको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो । उनीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्री लालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार सेयर सदस्य छन् ।
संस्थाको लगानीमा श्री लालीगुराँस राष्ट्रिय माध्यमिक विद्यालय, श्री लालीगुराँस अस्पताल, भैरवकुण्ड हाइड्रोपावर र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालित छन् । सबै संस्थाको नेतृत्वदायी भूमिकामा रहेका भण्डारीले आफ्नो नियुक्तिलाई सही रूपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथक रूपमा लागिरहने बताएका छन् ।
नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारीले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरिएको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।
नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम उनलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उनले पार्टीको केन्द्रीय वित्तीय विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागिपर्ने बताए ।
यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीका रूपमा परिचित छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply