नयाँ नोट मंसिरमा आउने सम्भावना
काठमाडौं । बितेका वर्षका दसैंको पूर्वसन्ध्यामा नेपाल राष्ट्र बैंकका गभर्नरहरूले नयाँ नोटमा आफ्नो हस्ताक्षर गर्न पाउथे । तर, केही महिनापूर्व नयाँ गभर्नरमा नियुक्त भएका महाप्रसाद अधिकारीले भने यसपटक त्यस्तो सौभाग्य नपाउने भएका छन् ।
कोभिङ–१९ को जोखिम दिनहुँ बढ्दै गइरहेको हुँदा राष्ट्र बैंकले यसपटकको दसैंको पूर्वसन्ध्यामा नयाँ नोट जारी नगर्ने देखिएको छ । नयाँ नोटका कारण झनै संक्रमण फैलिने अनुमानका कारण नयाँ नोट नल्याउने टुंगोमा राष्ट्र बैंक पुगेको हो । किनभने, नयाँ नोटका लागि बैंक तथा वित्तीय संस्थाहरूमा अचाक्ली भीड बढ्ने र त्यस्तो भीडका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू पनि संक्रमित हुने अनुमानका कारण राष्ट्र बैंकले हरेक वर्षको दसैंको पूर्वसन्ध्यामा नयाँ नोट सार्वजनिक गर्ने प्रचलनलाई यो वर्ष तोड्दै छ ।
नयाँ नोट सार्वजनिक नहुँदा त्यसले देशलाई वित्तीय फाइदा पनि हुने बताइन्छ । दसैं–तिहारजस्ता पर्वमा प्रायः सबैको नयाँ नोट प्रयोग गर्ने चाहना रहने भएको हुँदा राष्ट्र बैंकले जारी गर्दै आएको थियो । तर, चाडपर्वको बेला नयाँ नोट निकाल्दा त्यस्ता नोटहरू केही महिनापछि नै थोत्रा र पुरानो हुने गर्छ । चाडपर्वको बेलामा टीका लगाएर नयाँ नोट दिँदा त्यसमा टीका लाग्ने, फोहोर हुने र जतन नहुने भएका कारण राष्ट्र बंैकले त्यस्ता नोटहरू हरेक वर्ष जलाउँदै आइरहेको छ । टीका र अबिर लागेर करिब ७० प्रतिशत नोट कामै नलाग्ने हुने राष्ट्र बैंकका एक कर्मचारीले बताए ।
नोटको टिकाउका लागि चाडपर्वमा भन्दा पनि मंसिर–पुसतिर निकाल्ने कुरा विगत वर्षहरूदेखि चल्दै आए पनि त्यो कुरा लागु हुन सकेको थिएन । राष्ट्र बैंकले पनि दसैंको पूर्वसन्ध्यामा ग्राहकहरूले नयाँ नोट खोज्ने र नयाँ नोट ननिकाल्दा आलोचना खेप्नुपर्ने भएको हुँदा हरेक वर्ष नयाँ नोट निकाल्दै आएको थियो । तर, यो वर्ष भने दसैंको पूर्वसन्ध्यामा नयाँ नोट ननिकाले पनि मंसिर–पुसतिर भने निकाल्ने सम्भावना रहेको बताइन्छ ।
यसैगरी, कोभिङ–१९ को त्रासदीसँगै लकडाउन र निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाहरू खुला नै रहे । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरू खुले पनि राष्ट्र बैंकका कर्मचारीहरूले भने ती संस्थाहरूको अनुगमन गर्न सकिरहेका छैनन् । आन्तरिक रूपमा अनुगमन कार्य भए पनि बाह्य रूपमा, कार्यक्षेत्रमै पुगेर अनुगमन भने हुन नसकेको बताइन्छ । बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पनि कर्मचारीहरू दिन बिराएर आउने गरेका छन् । उनीहरू आफ्नो काम सिध्याएपछि घर फर्किने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply