नागरिक उडड्यनले गुमायो ४३ प्रतिशत आम्दानी
काठमाडौं । कोभिड–१९ का कारण नेपाल नागरिक उडड्यन प्राधिकरणले गत आर्थिक वर्ष २०७६÷७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको छ । सन् २०२० को मार्च देखि नै नेपालमा हवाइ यात्रु आवागमनमा हस देखिन थालेकोमा लकडाउन पछि का कारण लामो समय हवाइ यातायात बन्द भएको थियो । मार्च महिनामा मात्र ७३ प्रतिशत यात्रु घटेकोमा लकडाउन र निषेधाज्ञाका कारण लामो समय बन्द रहेको आन्तरिक हवाइ यातायात गत अशोज ५ गते मन्त्रीपरिषद्को निर्णय पछि सुचारु रहेको छ ।
नागरिक उडड्यनको क्षेत्रमा कोभिड–१९ को सबैभन्दा बढी असर एसिया प्रशान्त क्षेत्रमा परेको नागरिक उडड्यन पधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एसिया प्रान्त क्षेत्रमा गत जनवरी देखि अगष्टसम्म वायुसेवाले ८६ प्रतिशत यात्रुवाट हुने आम्दानी गुमाएका छन् । आइकाओको प्रक्षेपण अनुसार यस क्षेत्रमा सान् २०२० मा आघिल्लो वर्षको तुलनामा ७० देखि ७४ प्रतिशत हवाइ यात्रु घट्ने अनुमान छ । चार वर्षपछि अर्थात सन् २०२४ बाट मात्र हवाइ सेवा कोभिड–१० को पूर्वास्थामा आउने अनुमान गरिएको छ ।
कस्तो छ अन्तर्राष्ट्रिय उडानको अवस्था ?
कोभिड–१९ कै महामारीवीच पनि उद्धार र चार्टडका उडान संचालन नभएका भने होइनन् । मार्च २४ देखि सेप्टेम्बर २८ सम्म मात्र कार्गो, चार्टर र उद्धार गरी १०३८ अन्तर्राष्ट्रिय उडान भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । ती उडानबाट ८१ हजार यात्रु नेपाल भित्रिएको र ३३ हजार यात्रु नेपालबाट वाहिरिएका थिए । सोही अवधीमा नेपालमा १ हजार ९ सय ६२ टन कार्गो भित्रिएको थियो भने २ हजार ५ सय ८१ टन कार्गो मुलुक बाहिर पठाइएको छ । नेपालीवायुसेवा कम्पनीहरु नेपाल वायुसेवा र हिमालय एयरलाइन्सले मात्र ६३९ उडान गरेका थिए । जुन सो अवधीमा भएको कुल उडानको ६२ प्रतिशत हो ।
लकडाउन अघि नेपालमा २७ विदेशी र ३ स्वदेशी गरि ३० वायुसेवा कम्पनीले १५ मुलुकका ३२ गन्तव्यमा उडान गरिरहेका थिए । अहिले पुन नियमित उडान शुरु गरेपछि १० विदेशी र २ स्वदेशी गरी १२ वायुसेवा कम्पनीले ८ मुलुकका १२ गन्तव्यमा उडान गरिररहको प्राधिकरणले जनाएको छ । प्राधिकरणले १ अक्टोबरदेखि २४ अक्टोबरसम्मका लागि प्रति हप्ता ९८ उडान हुने गरी उडान तालिका पनि स्वीकृत गरिसकेको छ ।
९१ हजार नेपालीको उद्धार
गत जेठ ३२ देखि अशाज १७ गते सम्ममा विभिन्न मुलुकमा रहेका ९१ हजार नेपालीको उद्धार भएको छ । यो अवधीम ५९२ अन्तर्राष्ट्रिय हवाई उडान मार्फत ५९ मुलुकबाट त्यति संख्यामा नेपालीको उद्धार गरिएको हो । मन्त्रालयका अनुसार उद्धार उडानमा नेपाल वायुसेवा, हिमालय एयरलाईन्स, कतार एयर, टर्किस एयरलाईन्स, फ्लाई दुबई, एयर अरेविया, ईतिहाड एयरवे, जजिरा, ओमान, कोरियन,एयर, एयर चाइना, मलिण्डो एयर लगायत संलग्न थिए ।
आन्तरिकतर्फ प्रतिदिन ५५ उडान
मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार यहि असोज ५ गतेबाट आन्तरिक हवाई उडान पनि खुला गरिएको छ । अशोज १५सम्म प्रतिदिन ५५ उडान अर्थात २५ प्रतिशत खुला गरिएकोमा ४० उडान भएका थिए । अक्टाुबर १ देखि २४ सम्म ५० प्रतिशत उडान गर्ने गरि तालिका सार्वजानिक गरिएको छ । आन्तरिक वायुसेवाहरुले नेपाल सरकारबाट स्वीकृत हवाई भाडा बमोजिम नै आफ्नो उडान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ ।
यी उडान हरु हवाई सेवा संचालनमा अपनाउनु पर्ने उडान सुरक्षा तथा स्वास्थ्य सम्वन्धी सावाधानीका सम्वन्धमा आइकाओ र आइटाको मार्गदर्शन बमोजिम प्राधिकरणले जारी गरेको प्रोटेकल अनुसार भइरहेको जनाइएको छ ।
राहतको व्यवस्था
कोभिड–१९ का कारण थला परेको हवाइ क्षेत्रलाई वचाइराख्न नेपाल सरकारले केहि राहत प्काकेजको समेत व्यवस्था गरेको छ । सरकारले लकडाउन सुरु भएको मितिदेखि नियमित उडान सुरु भएको एक महिना पछिसम्मका लागि विसान शुल्क, कोठा काउन्टर, पसल कबल तथा स्थानको बहालमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । त्यस्तै लकडाउन सुरु भएको मितिदेखि गत असोज १ पछिसम्म नवीकरण अवधि भएका बायुसेवा सञ्चालन प्रमाणपत्र र एयरबर्दिनेस प्रमाणपत्रमा ५० प्रतिशत छुट दिने साथै नियमित उडान सुरु भएको मिति पछि बिमानस्थललाई बुझाउन बाँकी रकम बुझाउन डिसेम्बर सम्मको थप म्याद दिइएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०७७÷०७८ मार्फत् कोभिड १९ बाट धेरै प्रभावित हवाई यातायातमा बैंकको साँवा र ब्याज एक वर्षसम्म बुझाउन नपर्ने र साँवा ब्याजको पुनर्तालिकीकरणको व्यवस्था गरेको छ । साथै, बायुसेवा कम्पनीलाई बैंकमार्फत् रिफाइनान्सिङ्गको व्यवस्था समेत मिलाएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply