सुजुकीका दुई पांग्रेमा छुट
काठमाडौं एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्रान्डका दुई पांग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा भिजी अटोमोबाइलका उपमहाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलका सोरुमबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गरे १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ । डिजिटल बैंकिङमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरूप ग्राहकमैत्री योजनाहरू ल्याउँदै आएकोमा भिजी अटो मोबाइलसँगको यो सहकार्यले ग्राहकहरूको दुईपांग्रे सवारीको आवश्यकता पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्न अनलाइनबाटै सहज रूपमा आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको छ । यसबाट ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।
यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वाञ्छनीय रहेको महसुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply