महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल
काठमाडौं । निजी क्षेत्रको छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । गत शनिबार भएको महासंघको ५४औं साधारणसभाबाट निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
महासंघमा जिल्ला नगरतर्फको कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । एसोसियटतर्फ ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका थिए । यो वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मतभार चाहिनेमा ढकालले ५४.२६ मतभार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् । उनले अध्यक्षको कार्यभार औपचारिक रूपमा सम्हालिसकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासंघको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १ सय १, जिल्ला तथा नगरमा १ सय ५ र एसोसिएटतर्फ ९ सय ३ मतदाता रहेका थिए ।
महासंघमा यसअघि दुईपटक निर्विरोध निर्वाचित र एकपटक सबैभन्दा बढी मत ल्याएर विजयी भएर काम गरेको अनुभव ढकालसँग छ । सामान्य पसलबाट व्यवसाय सुरु गरेका ढकाल अहिले विशाल कर्पोरेट व्यवसायीदेखि मुलुककै सफल उद्योगीका रूपमा परिचित छन् । बागलुङको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल साहसी र निडर व्यक्तित्वका रूपमा परिचित छन् । ढकालले देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत औपचारिक रूपमा विप्रेषण भिœयाएर अर्थतन्त्रलाई बलियो बनाउन सफल बनेका छन् । आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजनलगायत डेढ दर्जनभन्दा बढी व्यावसायिक संस्थाको नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वमा महासंघ आम व्यवसायीहरूको हक हित संरक्षण गर्दै राज्यलाई पनि आर्थिक नीति निर्माणमा सहयोग पु¥याउन, निजी क्षेत्रका वास्तविक समस्या बुझेर राज्यसँग निजी क्षेत्रका भावना स्पष्टसँग राख्न सक्ने विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply