मेगा बैंकको ‘कर्पोरेट–पे’ सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिनेगरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
मेगा बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरूले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यवसायिक भुक्तानीहरू आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत रियल–टाइम वा नन–रियल टाइममा समेत भुक्तानीसम्बन्धी कारोबार गर्न सकिने मेगा बैंकले जनाएको छ । ग्राहकहरूले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्न बैंकले नियमअनुसार थप प्रक्रिया पूरा गरेपछि गर्न मिल्ने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउनेगरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यकताअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाता पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान छ । आफ्ना ग्राहकहरूका लागि विभिन्न डिजिटल भुक्तानी माध्यम प्रदान गर्दै आएको मेगा बैंकले यस प्रणालीको सुरुवातबाट बैंकका व्यावसायिक ग्राहकहरूलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपछि बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबार अनलाइनमार्फतै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply