प्रबन्धकदेखि सहायक इन्जिनियरसम्मको सरुवा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । विभिन्न तहमा कार्यरत सय कर्मचारीको सरुवा गरिएको हो । प्राधिकरणले आइतबार प्रबन्धक अर्थात् १० तहदेखि सहायक इन्जिनियर अर्थात् ६ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।
सरुवा हुने प्रबन्धकमा प्रणाली योजना विभागका प्रकाशनारायण सिंह राजपुत, कोहलपुर–नेपालगञ्ज र पथलैया–हरनिया १ सय ३२ केभी प्रसारण लाइन आयोजना प्रमुख राजु श्रेष्ठ र हेटौंडा ग्रिड शाखा प्रमुख विक्रमकुमार अमात्य छन् ।
राजपुतलाई इलेक्ट्रो मेकानिकल डिजाइन महाशाखामा, श्रेष्ठलाई हेटौंडा ग्रिड शाखामा र अमात्यलाई प्रणाली योजना विभागमा सरुवा गरिएको प्राधिकरण कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सरुवा हुनेमा १६ जना उपप्रबन्धक अर्थात् नवौं तहका छन् । सरुवा हुने उपप्रबन्धकमा अमलेखगन्ज कंक्रिट पोल प्लान्टका परमार धीरसेन टंकीसिनुवारी तथा लम्की कंक्रिट पोल आयोजनामा सरुवा भएका छन् । कुलेखानी दोस्रो जलविद्युत् केन्द्रका आभास ओझा मोदी खोला जलविद्युत् केन्द्रमा, गण्डक जलविद्युत् केन्द्रका कपिलदेव मानजन सुनकोसी जलविद्युत् केन्द्रमा तथा सुनकोसी जलविद्युत् केन्द्रका गिरबहादुर केसी प्राविधिक लेखा परीक्षण महाशाखा आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । यसैगरी, प्राविधिक महाशाखा, तालिम केन्द्रका तारादत्त भट्ट कुलेखानी दोस्रो जलविद्युत् केन्द्रमा, मोदीखोला जलविद्युत् केन्द्रका पवन बस्नेत प्राविधिक महाशाखा तालिम केन्द्रमा एवं पुवाखोला जलविद्युत् केन्द्रका प्रह्लाद राउत इलेक्ट्रो मेकानिकल डिजाइन महाशाखामा सरुवा भएका छन् । मल्टी फ्युल पावर प्लान्ट दुहबीका सुनिलकुमार चतुर्वेदी गण्डक जलविद्युत् केन्द्रमा, बाग्मती प्रदेश डिभिजन कार्यालय हेटौंडाका ऋषिकुमार नरनवाल पोखरा वितरण केन्द्रमा, गुलरिया वितरण केन्द्रका परितोषकुमार चौधरीलाई पनि पोखरा वितरण केन्द्रमा सरुवा गरिएको छ ।
ट्रान्सफर्मर शाखाका मनोजकुमार यादव वितरण तथा ग्राहक सेवा निर्देशनालयमा, इटहरी वितरण केन्द्रका मिथिलेशकुमार गोहीवार विराटनगर वितरण केन्द्रमा, विराटनगर वितरण केन्द्रका राजीवकुमार सिंह भरतपुर वितरण केन्द्रमा सरुवा भएका छन् । सिन्धुली वितरण केन्द्रका विनोदकुमार यादव मलंगवा वितरणमा, नुवाकोट वितरण केन्द्रका सन्तोषकुमार बानेश्वर वितरण केन्द्रमा, पोखरा वितरण केन्द्रका सुरेन्द्रकुमार साह इटहरी वितरण केन्द्रमा सरुवा गरिएको छ । आइतबार नै आठौं तह अर्थात सहायक प्रबन्धक ३६ कर्मचारीको पनि सरुवा गरिएको छ । सातौं तह अर्थात् इन्जिनियरमा सबैभन्दा बढी अर्थात् ४४ कर्मचारी सरुवा भएको महाशाखाले जानकारी दिएको छ । ६ तह अर्थात् सहायक इन्जिनियरका टंकनाथ पौडेल मात्रै सरुवा भएका छन् । उनलाई उत्पादन विभागबाट सुन्दरीजल जलविद्युत् केन्द्रमा सरुवा गरिएको छ ।
एउटै कार्यालयमा दुई वर्ष अवधि पूरा गरेका कर्मचारीको विधि र प्रक्रियाअनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गएको मंसिर ९ गते पनि ३ सय बढी कर्मचारीको सरुवा गरेको थियो । प्राधिकरणले करिब सय कर्मचारीको सरुवा गरेको हो । प्राधिकरणले आइतबार छैटौं तहदेखि दसौं तहसम्म सरुवा तथा पदस्थापना गरेको छ । मंसिर २१ गतेको निर्णयअनुसार विभिन्न तहका कर्माचारी सरुवा, काज, तथा पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply