‘हामीलाई प्रधानमन्त्री चाहिदैन’
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री नचाहिने प्रष्ट पारेका छन् । प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिगमनका विरुद्ध संघर्षका मैदानमा उत्रिएका सबै दलसँग मिलेर सरकार बनाउने उल्लेख गर्दै उनले प्रतिगमनकारीसँगको मुक्तिमात्र आफुहरुले चाहेको बताए ।
आफूहरुले प्रतिगमनविरुद्धका सहयात्री दलहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन, कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, संगै जाऊ । नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं । हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं ।’
केपी शर्मा ओलीविरुद्ध दर्ता भइसकेको अविश्वासको प्रस्तावको विषयमा संसद् सचिवालयले यथोचित निणर्य लिने पनि अध्यक्ष नेपालले बताए । दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसद् सचिवालयमा पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ । पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगलाई बहुमतको कदर गर्न नेपालले आग्रह गरे । ‘लोकतान्त्रिक व्यवस्थामा जहिले पनि बहुमतको कदर हुन्छ र सामान्य ज्ञानको कुरा हो,’ उनले भने, ‘जनताको बीचमा पनि मतदानमा, संसद्मा र पार्टीभित्र पनि बहुमतको कदर हुन्छ । व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा हुन्छ र बहुमतको कदर हुने उल्लेख भएको पार्टीको विधान निर्वाचन आयोगमा रोखेको छ ।’ ४ सय ४१ जनाको बहुमतको आधारमा निर्वाचन आयोगलाई निणर्य गर्न आग्रह गरिरहेको उनले सुनाए । ज्यान खतरामा छ भन्ने सुन्यौं त्यसैले प्रधानमन्त्रीको सुरक्षाका लागि नेकपाले पहल गर्ने भन्दै उनले भने, ‘देशको प्रधानमन्त्री नै असुरक्षित भयो भने खतराको कुरा भएन ?’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply