मेगा एसियाली विकास बैंकको साझेदार बैंक
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी) को साझेदार बैंक बनेको छ ।
नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ । दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योग व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।
यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरूलाई अब कारोबार गर्न सहज हुने भएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रवर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply