कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मूनाफामा राम्रो वृद्धि
१ भदौं, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।
देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको छ ।
गत वर्षको मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मूनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको मूनफामा भने गिरावट आएको छ । मूनाफा घट्दा यो बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँमात्रै कमाएको छ ।
मूनाफाका आधारमा चौथो नम्बरमा देखिएको कृषि विकास बैंकले ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।
उता पाँचौ नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply