सरकारले अध्यक्ष ओलीसँग सीधै वार्ता नगरेसम्म संसद खुल्दैन : विशाल भट्टराई
१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद खुलाउने भए सरकारले आफूहरुसँग सीधा वार्ता गर्नुपर्ने अडान लिएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै एमाले सांसदहरुले सरकारले संवाद नै नचाहेको आरोप पनि लगाएका छन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना मुद्दालाई सम्बोधन गरेर सिधा संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए।
भट्टराईले एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला कदमविरुद्ध रहेको बताए।
उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन, संविधान विपरीत, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए।
‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन’, उनले भने, ‘त्यो जरुरी हामी ठान्दैनौँ, सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ, त्यसकारण आजको बैठकमा हामी गएनौँ, मूल कुरा हाम्रो आपत्ति भनेको संसदको सभामुख व्यवहारप्रति हो।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply