चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने
१७ असोज, काठमाडौं। चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको राससलाई जानकारी दिए ।
हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए ।
चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply