बालुवाटार बैठक : प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति
२१ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको थियो ।
नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा एसले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply