दुर्गममा उडान भर्न आठ नयाँ जहाज थप्दै बुद्ध एयर
५ मंसिर, काठमाडौं । निजी क्षेत्रको बुद्ध एयर लाइन्सले ८ नयाँ जहाज थप्ने भएको छ । दुर्गमलाई सुगम बनाउने योजना अन्तर्गत नयाँ जहाज थप गर्न लागिएको एयरलाइन्सले बताएको छ । बुद्धले सन् २०२३ को शुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा चालु गर्ने भएको छ ।
नयाँ जहाजको खरिद तयारीका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत ट्वीनअटर विमान निर्मातासँग छलफल गरेका छन् । ‘प्रबन्ध निर्देशक बस्नेत ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता भएको छ, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने ।
हाल मुख्य सहरमा उडान गरिरहेको बुद्धले नयाँ जहाजले दुर्गममा उडान गर्ने जनाएको छ । दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाएर जहाजले उडान गर्ने छ । सूचना अधिकारी कर्णले २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान भर्ने जनाएका छन् । बुद्ध एयरले सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ । बुद्धले अबको ५ वर्षसम्ममा ८ जहाजले दुर्गममा उडान भर्ने जनाएको छ।
मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । हाल बुद्ध एयरसँग १५ वटा जहाज छन् । बुद्धसँग सबैभन्दा बढी १० एटीआर ७२ जहाज छन् । एटीआर ७२ सन् २०१० देखि नेपालमा बुद्धले उडान शुरु गरेको हो । एटीआर ४२ मा ४७ जनासम्म बोक्न सक्छन् । त्यस्तै बुद्ध एयरले बिचक्राफ्ट १९०० डी जहाज उडान गर्दै आएको छ । २ वटा ब्रिचक्राफ्ट रहेको जहाजमा १९ सिटे रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
Leave a Reply