महानगरमा विमलको धन्दा
जति निबेदन दिए पनि काठमाडौं महानगरपालिकाका नक्साका कर्मचारीहरुले कारबाहि नगरेकोले नियम बिपरितको घर निर्माण भइरहेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अयिमित नक्सा पास गरी घर बनाउने र नक्सा पास गरी दिने दुबैलाई कारबाहि गरेको छैन । काठमाडौं महानगरपालिकामा भवन निर्माण गर्न अनुमति दिनेकार्यको सम्पूर्ण ठेक्का शहरी विकास विभागका हालका प्रमुख विमल रिजालले २० बर्षदेखि लिएका छन् । उनले नक्सा बनाउनेदेखि नक्सा पास गरिदिने र घर निर्माणको रेखदेखको काम सबै गरिदिने गरेका छन् । काठमाडौं महानगरपालिकाको कमलादी गणेशस्थानको उत्तरतर्फ ग्राण्ड बैंक लिमीटेडको नियम बिपरित नक्सा पास गरी सो बैंकको नियम र मापदण्डले बनाउन नमिल्ने भए पनि आफैले सो बैकलाई डराउनु पर्दैन बनाउनु भनी भनेर आफैले सो बैकको निर्माणको सुपरिबेक्षण गरिरहेका छन् ।
यस्तै महानगरपालिकाले कमलादी गणेशस्थानको दक्षिण तर्फको हामा कम्पनीको करिब २२ आना क्षेत्रफल भएको जग्गामा ११ तल्ला बनाउन नक्सा पास गरेको छ । काठमाडौं महानगरपालिकाको जमलमा बिश्वज्योती सिनेमा घर सगैं बनिरहेको मोहन शराफको भवनको पनि नक्सा नियम र मापदण्ड बिपरित छ । नियम र मापदण्डले बनाउन नमिल्ने भए पनि सो भवन निर्माण रोक्का गरिएको छैन ।
यस्तै लाजीम्पाटमा हाल बनिरहेको होटल एम्बेस्डर भबनको नक्शा पास गर्दा
अनियमित तरिकाले ऐन, नियम र मापदण्डको गंभिर उलंघन मिलोमतोमा नमिल्ने
नक्सा पास गरिएको छ । पहिलेको होटलले नियमानुसार नेपाल सरकार र काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने करोडौं कर रकम नतिरी नतिराई कर्मचारीको मिलोमतोमा नक्सा पास गरिदिएको छ । कित्ता नम्वर २१ को २ रोपनी ४ आना २ पैसामा बनिरहेको सो होटलको भवनको ४०००४६.४३ बर्ग फिट हुने गरी नक्सा २०६९ पुस १ मा मिलोमतोमा पास गरिएको छ । सो भवनको नक्सा पास गर्दा सदियारबाट ४ किल्ला समेतको सर्जमिन समेत नियमानुसार नगरी स्थानीय स्वायत्त शासन ऐन २०५५, नियम र मापदण्ड बिपरित सो भवनको निर्माण अनुमति दिएको र पूर्ब तर्फको बाटो समेत मिचि सो भवन निर्माण भैरहेको छ ।
साबिक होटल येलोपेगोडाबाट स्वामित्व हस्तान्तरण गर्न काठमाडौं महानगरपालिकाकाले मालपोत कार्यालयलाई शिफारिश गर्दा घर जग्गा कर र ब्यबसाय कर, बहाल कर एबं नक्सा पास शुल्क समेत गरी काठमाडौं महानगरपालिकालाई तिर्नु पर्ने करोडौं रकम नतिरि नतिराई मालपोत कार्यालयलाई शिफारिश गरी स्वामित्व हस्तान्तरण गर्न दिई काठमाडौं
महानगरपालिकालाई करोडौं रकम हानी नोक्सानी गराएको छ । सो भवनको
स्वरुप परिबर्तन गर्दा समेत स्थानीय स्वायत्त शासन ऐन २०५५, को दफा १५७
बमोजिमको नक्सामा हेरेफेर गर्ने, दफा १५६ बमोजिमको ब्यवस्था बिपरित स्वीक्रृति समेत दिई प्रचलित ऐन, नियम र मापदण्ड बिपरित सो भवनको निर्माण अनुमति दिएको र सो भवन निर्माण भैरहेकोले र सो भवन निर्माण तत्काल रोक्क गर्न धेरै अगाडी देखि अख्तियार र काठमाडौं महानगरपालिकालाई भने पनि विमलले मिलोमतोमा घर बनाउनु भनेका थिए ।
यस्तै बालुबाटारस्थित नेपाल राष्ट्र बैंकको दक्षिणतर्फ मल्पी इन्टरनेशनलको पछाडी बनेको भाटभटेनी सुपर स्टोरको बिशाल भबन प्रचलित ऐन, नियम र मापदण्ड बिपरित मिलोमतोमा निर्माण अनुमति दिइएको छ ।
काठमाडौं महानगरपालिकामा घुस खान्न भनेर गफ हाक्ने कार्यकारी अधिकृत लक्ष्मण अर्याल नक्सा पासबाट उनै विमलमार्फत ठूला ठूला भवनहरुमा आम्दानी गरेर अरुलाई उल्लु बनाइरहेका छन् । काठमाडौं महानगरपालिकामा विमल रिजालको सल्लाह, सहमति, सहयोग र डिजायनमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रयोग गरेर काठमाडौं महानगरपालिकामा कार्यकारी अधिकृत लक्ष्मण अर्याल कर्मचारीहरुलाई तह लगाउन लागीपरेका छन र विमलले आफ्ना बिरोधिहरु र प्रतिष्पधिहर्रुलाई समाप्त पार्न सफल भएका छन । देबेन्द्र डगोललाई त सकिदिए, विमलले त्रिभुवनमान सिहंसगको दैनिक सल्लाहबाट उजुरी गर्दा गर्दा देबेन्द्र डंगोललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले निल्यो । अब कार्यकारी अधिकृत लक्ष्मण अर्याल र विमल रिजालले कस कसलाई फसाउने हुन् ? काठमाडौं महानगरपालिकाका कर्मचारीहरु होसियार हुनुपर्ने भएको छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply