भोलिको संसद बैठकमा एमसीसीमा छलफल, अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने
११ फागुन,काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छ ।
फागुन ८ गतेको बैठकमा विवाद र विरोधका बीच टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने प्रस्ताव भोलिको बैठकको कार्यसूचीमा राखिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । एमसीसी टेबल हुँदा भने शर्मा विरामी परेपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पेश गरेका थिए ।
१ बजे बस्ने संसदको बैठकअघि विहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा एमसीसी सम्झौतालाई छलफलमा लाने कि नलाने, कसरी लैजाने भन्ने विषयमा सबै दलका सचेतकमार्फत सभामुखले सहमति खोज्ने छन् । फागुन १६ को समय सीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा संवाद अगाडि बढाउँदै त्यसअगावै पारित गर्ने तयारी छ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply