युवराज किन टाासिएका छन् ?
खेलकुद क्षेत्रको नेतृत्वदायी संस्था राष्ट्रिय खेलकुद परिषद यतिखेर चर्चार्कोृ शिखरमा छ । मन्त्री अर्ब बजेटको कुरा गर्नुहुन्छ सदस्य सचिव मेरो अवधि १५ महिना बााकी छ जागीर जोगाईदेउ भन्नु हुन्छ । सदस्यसचिव युवराज लामा कहिले कानुन नभएको मुलुकमा मात्र नैतिककताको कुरा हुन्छ कानुनी राज्यमा नैतिकताको कुरा कहाा हुन्छ भनेर जागिरे प्रवृति देखाउन हुन्छ । विगतको खेल निति निर्माण गर्न इतिहास हेर्दा समेत सरकार फेरबदल सागै सरकारलाई काम गर्न सजिलो होस भनेरु राजिनामा दिने प्रचलन रही आएको छ । ०४७ सालपछि बनेको राखेप सदस्य सचिव राजबहादुर सीले राजिनामा दिएपछि रुक्म शमशेर राणा २०५०/०५१ सम्म सदस्य सचिव बन्नु भएको थियो भने २०५१ मा एमालेको नेतृत्वमा सरकार बनेपछि नैतिकताको आधारमा राजीनामा दिइ बाटो खुला गर्नभयो त्यतिबेला काठमाण्डौंका चर्चित युवा नेता केशव स्थापितको खेलकुदमा प्रवेश भयो वहाले आफ्नो कार्यकालमा जे निर्णय गर्नुभयो, खेल क्षेत्रमा एउटा आयाम नै थपियो । वहाले पनि सरकार परिवर्तन भए लगतै २०५२ असोज तिर नैतिकताको आधारमा राजिनामा दिई पदमुक्त हुनुभयो ।
जिवनराम श्रेष्ठले २०५३–०५४/२०६३–२०६६ दुई पटक सदस्य सचिव हुादा कहिल्यै पदको भिख नमागी खुरुक्क राजीनामा दिनु भयो कथित राजाको शासनको बेलामा मात्र किशोर बहादुर सींले २०५८–०६३ सम्म दरबारको धाकमा पूरा अवधि जागिर खाए ।
रुकम शमशेर राणा (२०५०–०५१/२०५४–०५५) दुईपटक केशव स्थापित (२०५१–०५२) शङ्कर भट्टराई (०५२–०५३) बदरीनारायण श्रेष्ठ २०५३ जीवनराम श्रेष्ठ ०५३–०५४ र ०६३–०६६ विनोद शङ्कर पालिखे २०५५–०५९ हरिबाबु चौधरी २०६६–६८ लगायतले सरकारलाई खेल निति निर्माण गर्न सहयोग पुगोस भनेर जागिरका लागि विन्ती भाउ नगरी राजिनामा दिएका थिए त्यो नैतिकता युवराज लामा साग किन पलायन ?
युवराज लामा प्रतिस्पर्धाबाट उत्रिर्ण भएर आएका विशिष्ट उमेदवार होइनन् उनी त प्रचण्डको खल्तीबाट खरुक्क निलिक्एका खेलाडी नेतृत्वमा उदाएका फिल्मी कलाकार हुन त्यसैले अहिले अरुलाई नैतिकताको पाठ पढाएर पदमा टिकीरहने प्रपन्चमा लागेका छन् । के त्यसो भने २०४८ देखि २०६८ सम्म हरेक सरकार परिवर्तन हुदा आफूलाई नियुक्ति दिन क्याविनेट नहुदा नैतिकताको उच्च पाठ सिकाउनेहरु अनैतिक थिए भनेर प्रमाणित गर्न खोज्नु भएको त होइन ? कि तपाईले पढेको किताब र खेलेको फिल्ममा नैतिकता भनेका जबरजस्ती अडीरहनु, जागिरमा झुण्डी रहनु हो ?
जहासम्म पुरा अवधि काम गर्दा पाउ भन्ने छ काम अवधिले होइन क्षमताले गर्ने हो नत्र ४ वर्ष पूरा अवधि कटाएर जागिर खाएका किशोर बहादुर सीं (२०५८–०६३) को अवधिमा त खेलकुदको चमत्कार नै हुनुपर्ने होइन र ? पूर्ण अवधि जागिर मागेर खेलकुद परिषदलाई बन्धकमा राख्नु भन्दा आफूले गरेको काम फेहरीस्त बुझाउदै आगामी कार्य योजना छन् भने माननिय मन्त्रीलाई बुझाएर राजीनामा दिनु उत्तम विकल्प हो ।
अटेरी पूर्वक बसेर मन्त्रीसाग कुम जोड्नु खेलकुद जगतको अपमान हो । अहिले सम्मकै निकृष्ट सदस्य सचिव हुनुभन्दा खुरक्क राजीनामा दिएर झीटीगुन्टा कस्नु नै बेस ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply