अब गल्ती नहोस्
‘बुधबार’ साप्ताहिकको नियमित पाठकको हैसियतले कहिलेकाहीँ सो पत्रिकामा केही गल्ती देखिँदा मलाई खिन्न तुल्याउँछ । गतांकमा पनि त्यस्तै केही गल्ती देखियो, जुन ‘बुधबार’ जस्तो पत्रिकाका निम्ति सोभनीय कुरा थिएन ।
१. ‘परराष्ट्रमा अन्जानको चर्चा’ समाचारमा गायिका अञ्जान शाक्यले गाएको गीतको हरफ नै फरक परेको पाइयो । उनले गाएको गीतको बोल ‘यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा …’ हो । कुनै समय उक्त गीत निकै नै चर्चित थियो । तर, समाचारमा अञ्जानले गाएको भन्दै सुप्रसिद्ध गायक भक्तराज आचार्यको स्वर रहेको ‘जहाँ छन् बुद्धका आँखा …’ परेको पाइयो ।
२. सोही अंकको अर्को समाचार ‘शंकर र घनश्यामबीच टक्कर’मा पनि एमाले सचिव शंकर पोखरेलको राजनीतिक सुरुआतबारे मिति नै गलत परेको पाइयो । समाचारमा लेखिएको छ– ‘०४७ पार्टीले काठमाडौं बोलाएर पोखरेललाई अखिलको बाग्मती अञ्चल कमिटीमा कामको जिम्मा दिएको थियो ।’ तर, ०४३ सालमै बोलाएर जिम्मेवारी दिएको हो ।
मलाई लाग्छ, आगामी अंकहरूमा यस्ता सानातिना गल्तीबाट ‘बुधबार’ साप्ताहिक जोगिनेछ र पाठकहरूको सद्भाव बटुल्न सक्षम हुनेछ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply