नेपाल टेलिकमको ‘विन्टर अफर’
२८ पुस, काठमाडौं । नेपाल टेलिकमले आज (बिहिबार) बाट लागू हुने गरी विन्टर अफर ल्याएको छ।
पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’ लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ।
यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रू १९९ देखि रू ६९९ सम्मका सुलभदरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन्।
यस अफरअन्तर्गत रू ६९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको रू ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अननेट ८०० मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ।
सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असीमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन्। यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीबी डेटा प्रयोग गर्न सकिने ३० दिनको रु ५९९ को प्याक उपलब्ध छ।
यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply