बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु
१ चैत, काठमाडौँ । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएर लागु गरेका छन् । नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो ।
अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।
कसले कति घटाए ?
वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् । चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने छन् । फागुनमा ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म रहेको थियो ।
यस्तै विकास बैंकहरुले बचतको ब्याजदर शून्य दशलव १५ प्रतिशतले घटाएका छन् । विकास बैंकले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गरेका छन् । फागुनमा विकास बैंकहरुले १ वर्ष वा त्योभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्समा १२ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् । फागुनमा संस्थागतर्फ ९ दशमलव ७५ र रेमिट्यान्समा १२ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका थिए ।
यस्तै फाइनान्स कम्पनीहरुले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशतले घटाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply