प्रचण्ड अस्थिरताका अगुवा, पदका लागि विचलित : एमाले सचिव विष्ट
४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले एकीकृत माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अस्थितरताको अगुवाको संज्ञा दिएका छन् । आज (शनिबार) हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै विष्टले एमालेसँग गरेको सहमति दुई महिना नपुग्दै तोडेर प्रचण्डले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए ।
‘नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । तर उहाँले दुई महिना नपुग्दै सहमति तोड्नु भएको छ । एक प्रकारले अस्थितरता निम्त्याउने कामको अगुवाई प्रधानमन्त्रीले गर्नु भएको छ, उनले भने, ‘देशमा राजनीतिक अस्थितरता निम्त्याउने, अन्यौलता निम्त्याउने, देशलाई बर्बादीको दिशातर्फ लाने काम प्रधानन्त्री प्रचण्ड स्वयंले गर्नुभयो ।
देशभित्र र बाहिरका शक्ति केन्द्रहरुको आडमा प्रचण्डले देशमा अस्थिरता निम्त्याउने कामको नेतृत्व गरेको विष्टको आरोप छ । उनले थपे, प्रधानमन्त्री प्रचण्डले देशी विदेशी शक्ति केन्द्रहरुको स्वार्थलाई सेवा पु¥याउने गरी काम गरेका छन् ।’ प्रधानमन्त्री प्रचण्डको यस किसिमको व्यवहार उनी स्वयंका लागि पासो सावित हुने सचिव विष्टको चेतावनी छ ।
यस्तै, सचिव विष्टले एमाले केन्द्र सरकारबाट बाहिरिए पनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरेका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै केन्द्रमाजस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकाले प्रदेश सरकारबाट एमाले बाहिरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply