नेपाल बैंकको मुलुकभर वित्तीय साक्षरता
२७ चैत,काठमाडौं । नेपाल बैंकले ग्लोबल मनी विक अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेका हो। ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजमा आधुनिक बैंकिङ्ग, बचत, ऋण लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ।
अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका आफ्नो शाखा सञ्जाल र डिजिटल प्लेटफर्मबाट वित्तीय कारोवार, सोको सदुपयोगिता सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्दै नागरिक चेतना जगाई निरन्तर रुपमा बैंकले वित्तीय साक्षरता सम्बन्ध कार्यक्रम गरिरहेको छ । बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको हो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply