यस्तो पनि हुने रहेछ!
काठमाडौं । अदालतको ढोकामा मुद्दा पनि कस्ता–कस्ता आइपुग्छन् † अहिले काठमाडौं जिल्ला अदालतमा जारी एक मुद्दामा आफन्तहरूबीचकै आरोप–प्रत्यारोप सुनेर सुन्नेहरू अचम्ममा पर्न थालेका छन् ।
प्रसंग, इन्दिरा रेग्मी र जीतेन्द्र रेग्मीबीच अंशबण्डा मुद्दाको हो । आमा इन्दिराविरुद्ध अंश माग गर्दै छोरा जीतेन्द्रले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेका थिए । बालाजु क्षेत्रमा ३ करोड मूल्य पर्ने सम्पत्ति आमा इन्दिराको संयुक्त नाममा भए पनि एकलौटी रुपमा भोगचलन गरेकाले आफूलाई पनि दिलाइदिन माग गर्दै छोरा जीतेन्द्र अदालत गएका हुन् । तर, आमाले भने विनोद शर्माको नाममा सो सम्पत्ति नामसारी गरिसकेको कुरा छोरा जीतेन्द्रले चाल पाएपछि विनोद शर्मा विरुद्ध पनि लिखत बदर र दृष्टिबन्धक बदरको लागि मुद्दा परेको छ ।
जीतेन्द्र क्यानडामा रहने गैरआवासीय नेपाली हुन् भने उनको श्रीमतीसँग पारपाचुके भइसकेको छ । चार आना जग्गा र त्यसमा बनेको घर आमा–छोरा र परिवारको अन्य सदस्यको संयुक्त नाममा रहेको थियो । औपचारिकपमा पारपाचुके नभए पनि ०४० सालदेखि नै इन्दिरा र उनका श्रीमान् मुकुन्दबीच सम्पत्ति बाँडफाँड भएर अलग बस्दै आएका थिए । तर, ०४७ सालमा छोरी जन्मिएकी भनेर पुजा रेग्मीको नाममा इन्दिराले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ०६९ मा नागरिकता प्रमाणपत्र दिलाएको देखिन्छ । प्रशासकीय अधिकृत युवराज मैनालीले जारी गरेको सो नागरिकताको नम्बर २७१०६० छ । जुन नागरिकतामा बाबुको नाम मुकुन्द रेग्मी नै उल्लेख छ । तर, मुकुन्दले आफूले छोरी नै नजन्माएको र आफ्नो नाममा सनाखत गरिएको किर्ते भएको दाबी गर्दै फिरादपत्र दर्ता गराउने तयारी गरेका छन् ।
इन्दिराले हँुदै नभएकी छोरी पूजालाई देखाई आफ्नो अंश हडप्न खोजेको छोराको आरोप छ । दुग्ध विकास संस्थानमा कार्यरत इन्दिरा र विनोद शर्माबीच आपसमा निकै ‘विश्वास’ बढेकाले नै आफ्नो नाममा रहेको सम्पत्तिसमेत हस्तँन्तरण गर्न सफल भएको छोराको आरोप छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट वडाको जन्मदर्ता र सिफारिस बनाएर नागरिकता प्रमाणपत्र लिएको देखिन्छ । तर, अहिले नक्कली छोरी ल्याएर किर्ते जालसाजी गरी नागरिकता बनाएको मुकुन्दको दाबी छ । आमा इन्दिराले आफूले जन्माएको नभई सालनालसहित ल्याएर हुकाई धर्मछोरी दाबी गरे पनि कानुनी रुपमा धर्म पुत्र–पुत्रीको कुनै प्रमाणपत्र नलिएकाले त्यो बहाना र नाटक मात्र भएको छोरा जीतेन्द्र बताउँछन् । ०४७ सालको जन्ममिति राखेर उक्त नागरिकता प्रमाणपत्र कसरी बन्यो, त्यो भने छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
– शन्तराम विडारी
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply