ताण्डव नृत्य अशोभनीय
२०७१ साल माघ ५ गते बसेको संविधानसभाको बैठकमा नेकपा एमाओवादी गठबन्धनका सभासद्हरूले संविधानसभामा सुनियोजित तरिकाले संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीलगायतका सभासद्हरूमाथिको आक्रमण र संविधानसभामा गरेको तोडफोडले माओवादी गठबन्धनका पार्टीहरूको असली अनुहार उदांग भएको छ । सार्वभौम संविधानसभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गरेर ०६२/६३ सालको जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्नुको सट्टा सार्वभौम संविधानसभाभित्र देखाएको अराजक गतिविधि एवम् अमानवीय ताण्डव नृत्य सभ्य नागरिकका लागि अत्यन्त अशोभनीय लज्जाजनक भएकाले नेपाल बुद्धिजीवी परिषद् यस्ता घृणित कार्यप्रति खेद प्रकट गर्दछ ।
संविधानका विवादित विषयमा सहमति जुट्न नसकेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा संविधान निर्माण गरी घोषणा गर्नुको विकल्प नरहेको अवस्थामा संविधानसभाभित्र तोडफोड, आक्रमणका साथै नेपाल बन्दका क्रममा देखिएका हिंस्रक एवम् अमानवीय गतिविधिको नेपाल बुद्धिजीवी परिषद् घोर निन्दा र भत्र्सना गर्दछ ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply