सूचनाबाट बञ्चित
शारीरिक रूपमा अपांगता भएकाहरू पक्कै पनि देशमा भइरहेको फोहोरी राजनीतिबारे बिल्कुल जान्दैनन् । तर, राज्यले आफूहरूप्रति गरिरहेको फरक व्यवहार र भेदभावबारे उनीहरूलाई थाहा छ । उनीहरूको दैनिक बाँच्ने क्रममा आएका र आउने समस्याबारे शिक्षकहरूले सांकेतिक भाषामा जानकारी त दिन्छन् नै । संसारमा मान्छे–मान्छेको बीचमा समीपता भाषाले नै बनाउने रहेछ । हामी उनीहरूको भाषा जान्दैनौ । अनि उनीहरू हाम्रो भाषा जान्दैनन् । यो बीचको खाडल पुर्नलाई दोभाषेको जरुरी पर्छ नै । कुरा हो पनि उनीहरूका लागि हामी लाटा बहिरा र हाम्रा लागि उनीहरू लाटा बहिरा । सूचनाको अधिकार उनीहरूले पनि पाउनुपर्ने हो तर बर्सेनि बहिराहरूको लागि सरकारले के गर्नेवाला छ र यो वर्ष के गरिरहेको छ, यी सबै सूचनाबाट उनीहरू वञ्चित नै छन् ।
विश्व स्वास्थ्य संगठनको नारा भिजन २०/२० ले (६ मिटर) २० फिटबाट देख्न सक्ने आँखाका बिरामीलाई सन २०२० सम्ममा २० फिटबाटै देख्न सक्ने बनाउने रहेको छ । मानव अधिकार भनेजस्तै उपचार र अपरेशनले देख्न सक्नेलाई दृष्टि नै उसको अधिकारको पर्याय हो– भिजन २०/२० । यसका लागि न्यून दृष्टि भएकाहरूका लागि आवश्यक क्लिनिकल जाँच पश्चात फङ्गसनल एसिसमेन्ट प्रशिक्षणपश्चात अलिकति मात्र पनि मानव आँखाका दृष्टि बाँकी छ भने त्यसलाई सुरक्षित गराई दैनिक जीवन निर्वाहमा कसरी प्रयोगमा ल्याउने र उसलाई बाँच्न कसरी मद्दत गर्ने भन्ने रहेछ । तर, यसबारे धेरैलाई अत्तोपत्तो नै छैन । त्यसलाई कसरी व्यवहार उतार्ने ?
सिन्धुलीमा जनस्वास्थ्य छ, त्यसका गतिविधि पनि छन् । तर पनि, बत्तीमुनिको अँध्यारो भनेझै सदरमुकामबाट २ कि.मी टाढाको बहिरा स्कुलमा कान, आँखा र रोगको पनि समस्या उत्तिकै छ । सिन्धुलीको जिल्ला विकासले पनि विकासे बजेटलाई सित्तैमा आएको धन मानी भ्याएसम्म फुपूको श्र्राद्धसमेत गर्न छाडेको छैन । गैरसरकारी संस्थाले मानव कल्याणमा उत्कृष्ट कार्य गरेको भनि समाज कल्याणबाट पुरस्कार र प्रमाणपत्र समेत पाएका होलान् । अनि राजनीति पार्टीहरूको आजभोलिको काम सडक दुर्घटनाको ठेक्का उठाउने र राजनीति पनि व्यवसाय नै बन्दै गइरहेको छ । यस्तो स्थितिमा रेडिमेट बहिराहरू सत्तामा बसेको देशमा असली बहिराहरू बस्ने ठाउँ त पुन:स्थापना केन्द्र नै त होला नि ?
–सन्तबहादुर वाइवा, सिन्धुली, मरिन खोला
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply