प्रदूषणबाट कष्टकर राजधानीको जनजीवन
नेपालको जनसंख्या दिनप्रतिदिन बढ्दो छ । अनियन्त्रित जनसंख्या वृद्धिले वातावरण प्रदूषण बढिरहेको छ । जनसंख्या वृद्धिसँगैं हरेक कुरामा वृद्धि हुनेगर्छ । यातायातका साधनहरूमा पनि वृद्धि हुन्छ, उद्योगधन्दा तथा कारखानाहरू सञ्चालनमा आउँछन् । यसरी सवारी साधन तथा उद्योगबाट निस्कने धुवाँ हावामा मिसिन जान्छ र वायु प्रदूषण बढिरहेको छ । मानिसमा फोहोरमैला जथाभावी छोड्ने प्रवृत्ति छ । फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा खोलानालामा मिसाउने प्रचलन छ । जथाभावी फोहोर फाल्ने बानीले वायु प्रदूषण भइरहेको छ । यसको प्रभाव सिधै वायुमा परिरहेको हुन्छ, यसकै असरले मानिसहरूमा विभिन्न समस्या पर्न गएको छ । मानिस स्वस्थ रहनलाई हावापानी स्वस्थ तथा ताजा हुनुपर्छ । तर, विभिन्न किसिमका धुवाँ–धूलो हावामा मिसिन गई, मानिसको मुटु, फोक्सोसम्म पुगी स्वास्थ्य समस्याले जनजीवन प्रभावित भएका छन् ।
कतिपय सडक डिजाइन गर्दा राम्रोसँग विज्ञहरुबाट अध्ययन अनुसन्धान नगरी बनाइएकाले राम्रो सडक निर्माण हुन नसक्दा बाटो भत्किएर र बिग्रिएर वर्षा हुँदा हिलो र घाम लागी सवारी साधन गुड्दा एकदमै धूलो उड्ने प्रकृतिको छ । र, धूलो हावामा मिसिरहेको हुन्छ ।
भनिन्छ मानिस स्वस्थ रहनलाई वरिपरि डुल्नुपर्छ, घुम्नुपर्छ, तर राजधानीमा त्यो अवस्था छैन । बाहिर आफ्नो कामकारबाहीमा जाँदा पनि मानिसहरू खुला स्वतस्फूर्त रूपमा हिँड्न सकिँदैन । धूलो–धुवाँबाट बच्न मास्क लगाएर हिँड्नुपर्ने बाध्यता छ ।
अहिलेको युवा सबै राजधानीकेन्द्रित छन् । पढ्नका लागि होस् या जागिरका लागि राजधानीमै सबैको आकर्षण बढ्दो छ । सडक र ठूल्ठूला घर तथा भवन निर्माण गर्नका लागि अलि–अलि भएका रूखबिरुवाहरू पनि काटेर बस्ती बसाउने प्रचलन बढ्दो छ । यसले शुद्ध हावाको अभाव भइरहेको छ ।
त्यति मात्र होइन, पिउने पानी शुद्ध पाउन सकिँदैन । राजधानीमा रहेका खोलानालामा ढल, दिसापिसाब, प्लास्टिकजन्य पदार्थ, फोहोरमैला फाल्ने अखडा भएका छन् । यसको असर सिधै वायुमा र मानव स्वास्थ्यमा पर्न गई जीवन कष्टकर बन्दै गइरहेको छ ।
कृषिमा आधुनिकीकरणको नाममा विभिन्न रासायनिक तथा कीटनाशक औषधीको प्रयोग गरिन्छ । दैनिक उपभोग्य सामग्रीमा मिसावट र तरकारीमा औषधी छिटेर उपभोग गर्दा स्वास्थ्यमा हानि पुगिरहेको छ । यसरी अत्यधिक विषादीयुक्त तरकारी खेती सञ्चालन हुँदा माटोमा, वायुमा हानिकारक रसायनको असर पुगिरहेको हुन्छ, सँगै मानवीय जीवनमा पनि यसको असर दीर्घकालीन हुन्छ ।
मानिसको स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो, स्वस्थ रहन वरपरको वातावरण, वायु, पानी सबै स्वस्थ रहनुपर्छ । यसका लागि प्रत्येक व्यक्तिले फोहोरमैला नियन्त्रणमा ध्यान पुर्याउनुपर्छ । जथाभावी फोहोर फाल्ने प्रचलन त्यागेर कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्नुपर्छ । फोहोरमैला पानीमा मिसाउने कार्य रोक्नुपर्छ । त्यसका लागि सरकारी निकायबाट नियम, कानुन बनाएर कार्यान्वयनमा ल्याए केही हदसम्म वायु प्रदूषण कम गराउन सकिन्छ । खाद्यान्न, तरकारीहरूमा रासायनिक पदार्थको प्रयोगलाई रोक्नुपर्छ । सवारी चाप कम गराउनका साथै पुराना भइसकेका सवारी साधनहरूलाई सञ्चालनमा रोक लगाउनुपर्छ । प्रत्येक नागरिक ‘हरियाली वातावरण बचाउँ’ अभियानमा लागेर चेतना फैलाउन आवश्यक छ ।
ठूला–ठूला भवन निर्माण र बोटबिरुवा काट्न रोक लगाउनुपर्छ । राजधानीमा सडक निर्माण भन्दै जथाभावी बाटो भत्काएर अलपत्र अवस्थामा छोडिँदा अत्यधिक धूलो उड्ने र यसले वातावरणमा प्रदूषण बढिरहेको छ । जसलाई नियन्त्रण गर्न अलपत्र सडक निर्माण कार्य समयमै सकाउने व्यवस्था गर्नुपर्छ ।
– देविका राई, काठमाडौं
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply