पत्रकार हत्याको रहस्य अझै सुल्झेन
उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन) को हत्या भएको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि सरकारले छानबिन गर्न तत्परता देखाइरहेको छैन । त्यसैले उदयपुरका पत्रकारहरूले भट्टराई हत्याको छानबिन टोली गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । यसका निम्ति प्रेस चौतारी नेपाल, उदयपुरले गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षणसमेत गराएको छ । सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकबाट नाराजुलुससहित निस्किएका सञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत उपप्रधान तथा गृहमन्त्री गौतमलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । घटना भएको १४ दिन बितिसक्दा समेत यथार्थ सार्वजनिक गर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको चौतारीले ठहर मात्रै गरेको छैन, निष्पक्ष छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन मागसमेत गरेको छ ।
गत चैत ११ गते राति ११:३० बजेको समयमा सुनसरीको इटहरी नगरपालिका–२६ आँपगाछी चोकमा बेवारिसे अवस्थामा फेला परेको भट्टराईको शव हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाले यथार्थ सार्वजनिक गर्न माग गरिएको हो । बास बसेको ठाउँबाट झन्डै तीन किलोमिटर पर शव भेटिनु, एक किलोमिटर तल मोबाइल भेटिनु, लासप्रति विभिन्न शंकाहरू उत्पन्न हुनु र प्रहरी प्रशासनको गहन अनुसन्धानको रिपोर्ट नआउनुले पनि घटना रहस्यमय भएको चौतारीले ठहर गरेको छ ।
चौतारीको एक जना श्रमजीवी पत्रकारको यो अवस्था हुनु र शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनले दोषी पत्ता लगाउन नसक्नुले हामीलाई मर्माहत मात्र तुल्याएको छैन्, सिंगो प्रहरी प्रशासनको शान्ति सुरक्षाको सवाललाई प्रश्नचिह्न खडा गरेको छ । पत्रकार भट्टराईका ८१ वर्षीय पिता तथा दुवै आँखा नदेख्ने आमा भट्टराईप्रति नै आश्रित थिए । आश्रित परिवारलाई मानवीय सहयोग गरिदिन नेपाल सरकारसँग मागसमेत गरिएको छ । अहिले मृतक भट्टराईको १३औं दिनको काजक्रियासमेत सकिइसकेको छ भने उनको मृत्युको कारण अझै खुल्न सकिरहेको छैन । उदयपुरका प्रजिअ कृष्णचन्द्र घिमिरेले पनि पत्रकार हत्याले आफूलाई निकै मर्माहत बनाएको बताएका छन् । उनले घटनाको यथार्थ सार्वजनिक गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउने वचन पनि दिएका छन् ।
यसैबीच, जिल्लाका पत्रकारहरूले विगत आठ दिनदेखि जिल्ला सदरमुकाममा विविध कार्यक्रमको आयोजना गरी विरोध प्रदर्शनलाई जारी राखेका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका पत्रकारहरूले सोमबार जिल्लाबाट निस्कने तीन वटा दैनिक, दुई वटा साप्ताहिक पत्रिका बन्द गराउनुका साथै चार वटा रेडियोका स्थानीय र राष्ट्रिय स्तरका समाचारहरू बन्द गराएका छन् । त्यसअघि पनि सडकमा हातमा कालोपट्टी बाँधी धर्ना बसेर आफ्ना कलम डाउन गर्नुका साथै र्याली प्रदर्शन गरेका थिए । पत्रकारहरूको आन्दोलनप्रति विभिन्न पेसागत संघसंस्था, कानुनी संघसंगठन र राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । २७ वर्षीय पत्रकार सचिनको मृत्युको कारण हालसम्म पनि पत्ता नलागेको र घटना रहस्यमय बन्दै गएको पत्रकारहरूले बताएका छन् । टाउकाको देब्ेर भागमा गहिरो चोट लागेर मृत्यु भएको अवस्थामा भट्टराईको शव बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो ।
– प्रेस चौतारी नेपाल, उदयपुर शाखा
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply