प्लास्टिक झोलामा प्रतिबन्ध ठीक
वातावरणमा दीर्घकालीन र गम्भीर असर पार्ने प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई निरुत्साहन गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ वैशाख १ बाट राजधानी काठमाडौं उपत्यकामा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेकोमा नेपाल वातावरण पत्रकार समूहको ध्यानाकर्षण भएको छ ।
जथाभावी रूपमा प्रयोग भइरहेको प्लास्टिकलाई नियन्त्रण गर्न अहिले काठमाडौंमा ४० माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको आयात, भण्डारन, बिक्री–वितरण र प्रयोगमा लगाएको प्रतिबन्धको समूह स्वागत गर्दछ । वातावरण संरक्षण ऐन, संसद्को वातावरण संरक्षण समितिको निर्देशन तथा जनस्वास्थ्य रक्षा र राजधानीको सौन्दर्यसँग सरोकार राख्ने यो निर्णयका बारेमा यसअघि नै राजपत्रमा सूचना प्रकाशन भइसकेको परिप्रेक्ष्यमा सरकार यो निर्णयको कार्यान्वयनमा कटिबद्ध भएर लाग्नुपर्ने समूहको धारणा छ । यो महत्त्वपूर्ण अभियानमा सरकारलाई सबै तह र तप्काबाट सहयोग पुर्याउन हामी अपिल गर्दछौं । साथै सबै उपत्यकाबासीलाई अब हाम्रो सहरलाई कुरूप बनाउने प्लास्टिक उपयोग त्यागेर सफा काठमाडौंका बासिन्दा बनेर इतिहास निर्माणमा सहयोग गर्न पनि अपिल गर्दछौं ।
नेपालका सबै सहरहरूको प्राकृतिक वातावरणलाई जोगाउनु अहिलेको आवश्यकता हो । यसर्थ, यस्तो निर्णय उपत्यकामा मात्रै सीमित नगरी देशभर लागू गर्न पनि समूह नेपाल सरकारको ध्यानाकर्षण गराउँछ । साथै उपभोक्ताहरूलाई प्लास्टिक झोलाको विकल्प दिने कार्यमा लाग्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँग अपिल गर्दछौं ।
– निमेष रेग्मी
महासचिव
नेपाल वातावरण पत्रकार समूह
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply