जाजरकोटमा नर्भिकको टोली
जाजरकोट जिल्लामा करिब ३ सातापूर्व सुरु भएको मौसमी रुघाखोकी स्वाइन फ्लुको महामारीमा परिणत भई दुई दर्जनभन्दा बढी रोगीहरूको ज्यान गइसकेको परिप्रेक्ष्यमा वसन्त चौधरी फाउन्डेसन तथा नर्भिक इन्टरनेसनल हस्पिटलको संयुक्त आयोजनामा बृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछ । नर्भिकका महाप्रबन्धक रवि शर्माको नेतृत्वमा जाजरकोट जाने नर्भिकको चिकित्सकीय टोलीमा डा. पुष्प ढकाल (एम.डी.–ग्यास्टोइन्टेरोलोजी), डा. राजीव श्रेष्ठ (एम.डी. –इन्टरनल मेडिसिन), डा. जस्टिनजंग मल्ल (एम.डी. –एम.बी.बी.एस. मेडिकल अफिसर)लगायत ल्याब टेक्निसियन र आवश्यक मेडिकल प्राविधिकहरू रहनुहुनेछ ।
जाजरकोटको माझकोट गाविसमा रहने नर्भिकको नि:शुल्क स्वास्थ्य शिविरका लागि मंगलबार नै नर्भिकको टोली त्यसतर्फ उडेको छ । टोलीले शिविरका लागि आवश्यक पर्ने औषधिलगायत सामग्रीहरू समेत साथै छन् । नेपाल सरकारको अनुरोध समेतलाई अनुशरण गर्दै आफ्नो संस्थागत उत्तर दायित्व निभाउने तर्फ वसन्त चौधरी फाउन्डेसन लागिपरेको जानकारी गराउन चाहन्छौं ।
साताव्यापी शिविरमार्फत् माझकोट गाविस र अन्य आसपासका गाविससमेतलाई समेट्दै बिरामीलाई सेवा पुर्याउने लक्ष्य छ । सरकारी र अन्य निकायबाट पुगेका चिकित्सहरूको टोली तथा औषधिहरू पर्याप्त हुन नसकेका कारण वसन्त चौधरी फाउन्डेसनको अगुवाइमा नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकहरूको टोली आवश्यक औषधिसहित त्यसतर्फ जान लागेको हो ।
शिविरमा नर्भिकको चिकित्सकीय टोलीले बिरामीहरूको स्वास्थ्य जाँच सम्भव हुन नसक्ने रक्त परीक्षण नर्भिकमा पठाई विशिष्टस्तरको जाँच समेत गर्नेछ । त्यसरी नै सबै बिरामीलाई आवश्यक पर्ने औषधि नि:शुल्क वितरण गर्नेछ । शिविर सञ्चालन भइरहँदा टोलीले रोग रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्नेछ । साथै सबै बिरामीहरूलाई आवश्यक पर्ने कपडाको मास्क वितरण र पानी शुद्धीकरण गर्ने औषधिहरू समेत वितरण गर्नेछ । नर्भिकको प्रत्यक्ष संलग्नताका यसपूर्व पनि देशका विविध दुर्गम क्षेत्रहरू खोटाङ, सोलुखुम्बूको लुक्ला, दोलखा र काभ्रेका विविध गाविसमा त्यसखाले बृहत् स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको थियो ।
– आरपी मैनाली
नर्भिक इन्टरनेसनल हस्पिटल, काठमाडौं
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply