विदेशी मिडियालाई छाडा नछोड
नेकपा एमाले) केन्द्रीय प्रचार विभागका तर्फबाट आज नेपाल सरकारका सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाललाई उहाँकै कार्यकक्षमा भेटी केही सामयिक एवम् ज्वलन्त सन्र्दभमा गम्भीर ध्यनाकर्षण गरिएको छ ।
सो अवसरमा प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल र महासचिव माधव नेपालको उपस्थिति रहेको थियो । उक्त भेटमा सूचना तथा संचार मन्त्रीसमक्ष निम्न सुझाव प्रस्तुत गरी अविलम्ब कार्यान्वयनको व्यवस्था गर्न माग गरिएको छ ।
१. महाभूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिपछि भइरहेको उद्दार र राहतको कामलाई बढीभन्दा बढी पारदर्शी र निर्विवाद ढङ्गले सम्पादन गरियोस् । राहत वितरण कार्यमा राजनीतिकरण र अनियमतिता रोक्न समयमै सचेत पहल गरियोस् । साथै,सरकारले गरेका कामहरुको आधिकारिक र नियमित ब्रिफिङ र सम्प्रेषणको व्यवस्था मिलाइयोस् ।
२. विदेशी संचार माध्यमका प्रतिनिधिहरुलाई प्रभावित स्थलहरुमा सरकारको जानकारी र समन्वयमा मात्रै रिपोर्टिङको व्यवस्था गरियोस् । उनीहरुलाई राज्यका तर्फबाट आधिकारिक ब्रिफिङको व्यवस्था मिलाई नेपाल राष्ट्रको हित र प्राथमिकताअनुरुप सहयोगी भावनाले परिचालन गरियोस् । नेपाल राष्ट्रको एकता, अखण्डता, सामाजिक सद्भाव र मित्र राष्ट्रहरुसँगको सु–सम्बन्धमा आँच आउने खालका कुनै पनि सामग्री प्रसारण नगर्ने ग्यारेन्टी गरियोस् ।
३. भूकम्पवाट प्रभावित स्थलहरुको स्थलगत अध्ययन तथा रिपोर्टिङका लागि सहज पहुँच र सम्प्रेषणको उचित प्रबन्ध गरियोस् । नेपाल राष्ट्र महाविपत्तिका कारण अत्यन्तै संवेदनशील र संकटको घडीबाट गुज्रिरहेकाले समग्र संचार क्षेत्रलाई यस घडीमा आवेश, उत्तेजना र आग्रह/पूर्वाग्रह त्यागी राष्ट्रिय जिम्मेवारीबोधको भावनाले क्रियाशील हुन एकताबद्ध ढंगले परिचालन गरियोस् ।
४. भूकम्पले संचार माध्यम र संचारगृहमा पुर्याएको क्षतिको स्थलगत अध्ययन गरी उनीहरुलाई राहत र क्षतिपूिर्तको व्यवस्था गरियोस । खासगरी क्षतिग्रस्त संरचनाको ऋणमा निश्चित प्रतिशतसम्म व्याज मिनाहा गर्न, पुनर्निर्माणमा अनुदानको व्यवस्था गर्न, संचार उपकरणहरुको क्षति भएको भएको अवस्थामा नयाँ खरिद गर्दा भन्सार छुटको व्यवस्था गर्ने लगायत राहतको प्रभावकारी प्याकेज बनाई लागू गरियोस् ।
५. भूकम्पबाट मृत्यु भएका संचारकर्मीहरु, उनीहरुको परिवार एवम् घाइते र घरबास गुमाएका पत्रकारहरुको नामावली तयार गरी क्षतिपूर्ति र राहतको व्यवस्था गरियोस ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply