पाँच पार्टीका युवाका तीन माग
0७२ असार ५ गतेका दिन हामी नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), नेकपा–माओवादी, संघीय समाजवादी फोरमसम्बद्ध युवा नेताहरूको उपस्थिति रहेको ‘बहुपार्टी युवा सर्कल’ को बैठक बसी समसामयिक विषयहरूमा छलफल गरी निम्न निष्कर्षहरू निकालेका छौं ।
१. वैशाख १२ गते गएको महाविनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूले कमजोर आर्थिक–राजनीतिक अवस्थामा रहेको समाजलाई जगैदेखि हल्लाइदिएको छ । संकटको यस घडीमा स्वदेश तथा विदेश, सरकारी तथा गैरसरकारी, सामूहिक तथा एकल पहलमा भएका उद्धार, राहत, पुनर्निर्माण र निर्माणका कामहरू प्रशंसनीय छन् । सरकार, राजनीतिक दल, दातृ निकाय, संघसंस्था र निजी पहलका कामहरू जारी राख्नु जरुरी छ । मनसुनी वर्षासँगै सुरु हुन सक्ने भय र विपत्तिको सामना गर्न, तयारीलाई युद्ध स्तरमा जारी राख्न सरकारसँग जोडदार माग गर्दछौं ।
२. यसबीचमा संकटलाई सामना गर्न निस्वार्थ भावनाले सहयोग गर्ने, सँगै राहत संकलन र वितरण प्रक्रियामा थुप्रै अनियमितता र अपारदर्शिता देखिएको छ । पीडित जनतासमक्ष प्रभावकारी तवरले राहत सामग्री पुर्याउने र राहत सामग्रीको स्रोत, पारदर्शिता र आवश्यकताको आधारमा वितरणबारे उठेका प्रश्नहरूको तथ्यपूर्ण जवाफ दिन जरुरी छ । गाउँ बनाउने, घर बनाउने, अर्बाैं र करोडौं रकम संकलन गरेकोलगायतका प्याकेज घोषणाहरूको बाढी नै लाग्यो । सहयोग र घोषणाको स्रोत, राज्य र पीडितसमक्ष पुगे/नपुगेको बारे छानबिन गरी दोषी ठहर भएका सरकारी संघसंस्था र व्यक्तिउपर कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।
३. भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणका काममा विभिन्न ढंगले हामीहरू क्रियाशील भइरहेका छौं । भूकम्पले धेरै प्रभावित भएका विद्यालयहरू र सुन्दर भविष्य बोकेका विद्यार्थीहरूको अवस्था झनै गम्भीर छ । यस संकट र अभावमा भूकम्पले अति प्रभावित १० जिल्लाका ५० विद्यालयहरूमा विद्यार्थीहरूलाई किताब, कापी र कलम वितरण गरी मल्हम लगाउनका लागि काम सुरु गरेका छौं । हाम्रो यो प्रयास पर्याप्त छैन । यथाशीघ्र शिक्षण सामग्री प्रभावित विद्यार्थीहरूसम्म पुर्याउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।
– नैनसिंह महर, नेपाली कांग्रेस
– निरज आचार्य, नेकपा (एमाले)
– विन्दमान विष्ट, एनेकपा (माओवादी)
– रामदीप आचार्य, नेकपा– माओवादी
– अशोक यादव, संघीय समाजवादी फोरम
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply