संसदीय टोली उपभोक्ता हित र आपूर्ति अवस्था बुझ्दै
१२ वैशाखमा गएको विनाशकारी भूकम्पपछिको राहत र आपूर्तिको अवस्था बुझ्न व्यवस्थापिका संसद्को उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति पर्वतमा पुगेको छ ।
भूकम्पले जिल्लामा पारेको क्षति, राहतको अवस्था, विपद्को समय पारेर बजारमा बढ्न सक्ने कालो बजारी, अखाद्य वस्तुको खरिद बिक्री तथा सरोकारवाला सरकारी कार्यालयको क्रियाकलापका बारेमा समितिले व्यक्तिगत तथा सामूहिक रुपमा अध्ययन गर्नका लागि पर्वत आएको हो ।
समितिले शुक्रबार सरोकारवालाको भेला राखेर अहिलेसम्म गरिएका काम र चुनौतीका बारेमा पनि चासो राखेको थियो । समितिले राहत, उद्धार र आपूर्तिको अवस्था तथा उद्योग व्यवसाय क्षेत्रमा पारेको असरका बारेमा जानकारी लिएको र शैक्षिक संस्थामा भएको क्षतिका बारेमा जानकारी लिएको थियो ।
यस्तै वर्षाद् अघि र पछिको समयमा जान सक्ने बाढी पहिरो र सुरक्षित बसाइँका लागि भएका गतिविधिका बारेमा जानकारी लिएको थियो । सभासद् सुवास ठकुरीको नेतृत्वमा आएको पाँच जनाको टोलीले तयार गर्ने प्रतिवेदन सरकारलाई बुझाएर आगामी दिनमा गर्ने क्रियाकलापको निर्देश गर्ने सो टोलीको योजना छ ।
‘आमनागरिकले भूकम्पको कारण देखाएर कालोबजारी, अखाद्य वस्तुको प्रयोगजस्ता समस्या भोग्न नपरोस् भन्ने चाहनाले अभियानमा लागेका हौँ’ ठकुरीले भने ‘यो समस्यालाई समयमै समाधान गर्ने र जनताको पीडालाई पनि सम्बोधन गर्न सकिने विश्वास लिएका छौँ ।’
समिति अतिप्रभावित जिल्लाको भ्रमण गर्दै सामान्य प्रभावित जिल्लामा आइपुगेको हो । समितिमा सभासद्हरू जमिन्द्रमान घले, भक्तिप्रसाद पाण्डे, वृन्दादेवी राना र रमेशकुमार लामा सहभागी छन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply