नियमावलीमाथि १५ सुझाव
महाधिवेशन भएको १ वर्षपछि एमालेले बल्ल नियमावलीको मस्यौदा छलफलमा ल्याएको छ । उक्त नियमावली संशोधनका लागि मूलत: १५ सुझाव आएका छन् । जुन निम्न छन् –
१ नियम ३. ख. नवौं महाधिवेशन अगाडिका पार्टी सदस्यले परिक्षणकालीन सदस्य बन्न तत्सम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने ।.
२. पार्टी सदस्यता पुन: प्राप्तिको प्रक्रिया तोक्नुपर्ने (विधानको धारा ७ ले तोक्ने भनेको छ ) ।
३. नियम ६. पार्टी सदस्यता कायम गर्दा पहिलेको पार्टी सदस्यताको प्रमाण या स्पष्ट अधार प्रस्तुत गर्नुपर्ने र कायम गर्ने कमिटीले व्यक्तिको बारेमा सम्बन्धित स्थानीय कमिटीबाट बुझेर मात्रै गर्नुपर्ने ।
४. नियम ९. राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको निर्वाचन :
(क) ५: १ ले होइन सबै पार्टी सदस्यले गर्नुपर्ने ।
(ख) विधानको धारा १५. क. ७ बमोजिम महिलाको २०० पार्टी सदस्य पुगेपछि १ राप्रपस हुने र दलितको १५० पार्टी सदस्य पुगेपछि १ राप्रपस हुने गर्नुपर्ने ।
(ग) महिला राप्रपसको निर्वाचन क्षेत्रका सबै पार्टी सदस्यले गर्नुपर्ने ।
(घ) जनसंगठनबाट राप्रपस छान्ने आधार सम्बन्धित जनसंगठनको सदस्य संख्या र त्यसले पार्टीलाई लेबी हुनुपर्ने ।
(ङ) अञ्चल समन्वय कमिटीबाट राप्रपस थप्ने भए विभागबाट पनि थप्नुपर्ने ।( नियम ९. छ)
५. नियम १०. क. मा अञ्चल इञ्चार्ज पनि उल्लेख गर्नुपर्ने र राजकीय क्षेत्रको जिम्मेवारी पाएका व्यक्तिलाई भूगोलको प्रमुख जिम्मा नदिने भनेर उल्लुख गर्नुपर्ने ।
६. नियम ११. ज मा पुरानो विधान अनुसारको कार्यावधि राख्नुपर्ने ।
७. नियम १४. क. र ख. को व्यवस्था राष्ट्रिय प्रतिनिधि परिषद्बाट अनुमोदन गर्ने भन्नुपर्ने ।
८. नियम १४. घ. मा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षको मर्यादा सम्बन्धित तहको कमिटीका सदस्यको सरह हुनेछ भन्नुपर्ने ।
९. नियम १६. को आयोगका सदस्यहरूलाई स्थायी कमिटीको बैठकमा आमन्त्रित गर्ने व्यवस्था विधानविपरीत भएकाले हटाउनुपर्ने ।.
१०. नियम १९. को परिषद् सदस्यमध्येबाट पदाधिकारी छान्ने कुरा विधानविपरीत भएकाले हटाउनुपर्ने ।
११. केन्द्रीय सचिवालयमा आर्थिक विभाग प्रमुखलाई पदेन राख्न नहुने । र, सचिवालयका अधिकारमा बुँदा न ५, ६, ७ हटाउनुपर्ने ।
१२. संगठन विभागका अधिकारका बुँदा नं. १२, १४ र १५ हटाउनुपर्ने ।
१३. नियम २६. क. मा रहेको ‘प्रगतिशील तथा पेसागत इञ्जिनियर्स एसोसिएसन’लाई जनसंगठनमा राख्न नहुने ।
१४. नियम ३०. क. को ‘मञ्चहरूमा संगठित हुनेछैनन्’ भन्ने ठाउँमा भूगोलमा संगठित गर्ने भनेर लेख्नुपर्ने ।
१५. नियमावलीले समेटेको बाहेक विधानका धारा ७.१, ८.१, ११.३, २२. १२ र १४,२३.२२,२६(क) २१, २८.(क),र (ग) १७, ३०(ग) १७,३२(ख) ८,३५(क), ४८.,४९.(ग) (ङ) (झ), ५८.३, ६९ (क) र (ख) मा तोकिएवमोजिम हुने भनिएको हुनाले ती सबैलाई पनि नियमावलीले समेट्नुपर्ने ।
सम्बन्धित समाचार
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
-
कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
-
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
-
टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
-
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
-
रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
-
आजबाट छठ पर्व सुरु
-
मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply